कर्मचारी नहुँदा हैरान : स्थानीय प्रतिनिधि भन्छन्, ‘कर्मचारी खोज्दै बित्यो दुई वर्ष’

Sharing is caring!


बैतडीका अधिकांश स्थानीय तहका विषयगत शाखाहरु कर्मचारी अभावमा नाम मात्रैका शाखा भएका छन् । विषयगत शाखा मार्फत हुने काम समयमै नहुँदा सेवाग्राही पनि हैरान हुने गरेका छन् ।
अन्नपूर्ण लेख्छ मणिलेक मावि काँडा मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीका अनुसार गत वर्षको छात्रवृत्तिको रकम अहिलेसम्म वितरण गर्न सकिएको छैन । पाठ्यपुस्तक वापत रकम पनि नगरपालिकाबाट निकासा भएको छैन ।

उनी भन्छन्, ‘नगरपालिकाको शिक्षा शाखामा शिक्षाका अधिकृत स्तरका कर्मचारी हुने भन्ने व्यवस्था छ । तर, अहिलेसम्म श्रोत व्यक्तिहरुले शाखा सञ्चालन गरिरहेका छन् । माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएको भए पनि स्थानीय तहमा कर्मचारी नै नहुँदा समस्या छ ।’

जिल्लाका १० ओटै स्थानीय तहका शिक्षा शाखा हेर्ने जिम्मेवारी श्रोत व्यक्तिहरुलाई दिइएको छ । स्थानीय तहहरुलाई शिक्षाको अधिकार दिएपछि सजिलो हुनुको सट्टा कर्मचारीको अभावमा काम नै रोकिन थालेको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY