मालपोतको राजश्व बाँडफाँड, कुन स्थानीय तहलाई कति ?

बाँकेको भूमि सुधार तथा मालपोत कार्यालयमा हुने जग्गाको रजिष्ट्रेशन बापतको ६० प्रतिशत राजश्व स्थानीय तहको खातामा जम्मा हुने गरेको छ । बाँकेमा हालसम्म ९ महिनामा झण्डै १९ करोड ४३ लाख रुपैयाँ स्थानीय तहको खातामा जम्मा भएको छ । भूमि सुधार तथा मालपोत्र कार्यालय बाँकेका प्रमुख प्रेमबहादुर दौल्यालका अनुसार, चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाको खातामा १० करोड ३२ लाख ८ हजार ३७४ रुपैयाँ रजिष्ट्रेशन बापत आम्दानी भएको छ । यसैगरी कोहलपुर नगरपालिकाले ५ करोड १२ लाख २ हजार ६२८ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । तर नरैनापुर गाउँपालिकाले ११ लाख २५ हजार ९३७ रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

भने, जानकी गाउँपालिकाले एक करोड ४३ लाख ४९ हजार १३२, खजुरा गाउँपालिकाले एक करोड सात लाख ३ हजार ९४२ रुपैयाँ, वैजनाथ गाउँपालिकाले ८६ लाख १६ हजार ५७२, राप्ती–सोनारी गाउँपालिकाले २८ लाख ५३ हजार ९९७, डुडुवा गाउँपालिकाले २३ लाख ३७ हजार ७१९ रुपैयाँ आम्दानी गरेका छन् ।

Loading...

LEAVE A REPLY