विमानस्थलमा ३० मिनेट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प हुने

Sharing is caring!

आज बुधवार साँझ ७ बजेर ५ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो भ्रमण सकाएर स्वदेश फर्कँदै छन् । नेपाल एयरलाइन्सको ‘एयरबस ९३२०’ मार्फत् प्रम ओली काठमाडौं आउन लागेका हुन् । प्रधानमन्त्रीको स्वदेश फिर्तीसँगै हवाई क्षेत्र प्रभावित हुने भएको छ । प्रधानमन्त्री ओली सहितको विमान अवतरणलाई लिएर ३० मिनेट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु तथा अवतरण पूर्णरुपमा ठप्प हुनेछन् । स्वदेश फिर्ती हुने समय भन्दा १५ मिनेट अगाडी नै सबै उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा २६ वैशाखमा भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओलीले ३० वैशाख सम्म भियतनाम र ३० वैशाख देखि १ जेठ सम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका हुन् । भ्रमणका क्रममा नेपाल–भियतनाम हवाई सम्झौता भएको थियो भने कम्बोडियासँग व्यापार विस्तारको समझदारी भएको थियो । भियतनाम भ्रमणमा बुद्ध सन्देशको सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको उनले बताएका थिए । कूटनीतिक र आर्थिक हिसाबले भियतनाम, कम्बोडिया भ्रमण फलदायी भएको उनको दाबी छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY