६८ वटा अण्डा पारेकोमा १८ वटामात्र बच्चा कोरले पछि गिद्धको अनुसन्धान थालिदैं

Sharing is caring!

गिद्ध एउटा लोपोन्मुख प्रजातीको चरा हो । पहिलेका समयमा गिद्ध सहजै देखिने गर्थे भने अहिलेको पर्तमान समयमा गिद्धलाई मुश्किलले देख्न पाइन्छ । गिद्धको प्रजाती जोगाउनका लागि चितवनमा गिद्धको बच्चा हुर्काउने फार्म समेत खोलिएको छ । गिद्धको बच्चा हुर्काउने काममा सफलता पाएको भएता पनि गिद्धको अण्डा ९फूल० बाट बच्चा कोरल्ने कार्यमा भने आशा गरे अनुसारको सफलता मिल्न सकेको छैन। जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञहरुले अचम्म मान्दै अनुसन्धान गरिरहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्म केन्द्रमा रहेका गिद्धबाट ६८ वटा अण्डा पारेर १८ वटा बच्चा कोरलिएका छन्। विसं २०७१ मा ५ वटा अण्डा पारेर एउटा बच्चा कोरलिएको थियो। विसं २०७२ मा ७ अण्डा पारे पनि बच्चा कोरल्न सकेको थिएन। विसं २०७३ मा १५ वटा अण्डाको ९ बच्चा, विसं २०७४ मा २१ वटा अण्डाको ७ बच्चा कोरलिएकोमा विसं २०७५ मा भने २० वटा अण्डाबाट २ वटा बच्चा मात्रै कोरलिएको थियो।

स्थापनाको समयमा करीब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो। त्यही हुर्किएका गिद्धमध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ। सन् २०१७ मा सात पोथी र सन् २०१८ मा ८ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको हो। सन् २०१९ मा छ बच्चा, चार पोथी र तीन भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेस्टुरामा राखिएको छ। हाल प्रजनन् केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन्। नेपाल पँक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले यस वर्षको प्रजननको समस्या देखेर आफूहरु आश्चर्यमा परेको बताइन्। यससँगै गम्भीर रुपमा अनुसन्धान शुरु गरिएको उनले बताए। अघिल्लो वर्षको तुलनामा गत वर्ष के–कस्ता कमीकमजोरी र होहल्ला ९डिस्टर्ब० भएका थिए त्यसको अध्ययन भइरहेको उनले बताए।

शुरुका वर्षहरुमा लिङ्ग पहिचान गरी भालेपोथीको अवस्थाका बारेमा अध्ययन गरेर छुट्याएर राखिएको थियो। उनका अनुसार लिङ्गअनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएका हुन्। प्रजनन् केन्द्र हेर्दै आएका राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. विकल्प कार्कीले विदेशी विज्ञसँग समेत यस विषयमा परामर्श गरिरहेको बताए। उनका अनुसार कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY