खुसीको खबर : ११ हजार ‘फ्रेस कर्मचारी’का लागि लोकसेवाले यही साता विज्ञापन खोल्ने

Sharing is caring!

खुल्दिुलीको बिषय छ । लामो समयदेखि रोकिएको लोकसेवा आयोगको विज्ञापन कहिले प्रकाशन होला ? पटक पटक गरी सात महिनासम्म लोकसेवाको विज्ञापन सर्दा लोकसेवा तयारी गरिरहेका लाखौ लाख युवाहरु निराश छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहबाट रिक्त रहेको कर्मचारीको विवरण मागेर लोकसेवा आयोगमा पठाइसकेको छ । अघिल्लो साता संघीय मन्त्रालयले करिब ११ हजार कर्मचारी आवश्यक भएको विवरण आयोगमा पठाएको छ । मन्त्रालयले यसअघि सबै स्थानीय तहरूलाई आवश्यक कर्मचारीको विवरण पठाउन आब्हान गरेको थियो । वैशाख ८ देखि २० वैशाखसम्मको समय दिएर मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त कर्मचारीहरुको दरबन्दी पठाउन भनेको थियो । मन्त्रालयले लोकसेवालाई विवरण पठाएसँगै कर्मचारी भर्नाको लागि बाटो खुल्ला भएको छ ।

यो सँगै लोकसेवाको विज्ञापन प्रक्रिया खोल्ने बाटो खुला भइसकेको छ । लोकसेवा आयोगका अनुसार कर्मचारीको अभावमा देखिएको समस्या तत्कालै टार्नका लागि फाष्ट ट्रयाकबाटै कर्मचारी विज्ञापन गर्न लागिएको र ६ महिना भित्रमै नतिजा प्रकाशन गर्ने बताउँदै आएको छ । लोकसेवा आयोग स्रोतका अनुसार आयोगले यही साता भित्रैमा तत्काल ११ हजार कर्मचारी माग गर्ने भएको छ । आयोगले यही हप्ताभित्र सूचना निकाल्ने तयारी गरिरहेको छ । लोकसेवा आयोग स्रोतका अनुसार,‘संघीय मन्त्रालयबाट प्राप्त भएको कर्मचारीकबो विवरण हेरि विस्तृत अध्ययन गरी तत्काल सूचना निकाल्ने तयारी भइरहेको छ । सम्भवत यही साता भित्रमा लोकसेवाको विज्ञापन खोल्नेछौं । स्रोतले भन्यो ।

लोकसेवा आयोगका अनुसार सूचना निकालिएको ६ महिनाभित्रैमा नतिजा निस्किनेछ र नयाँ कर्मचारी सम्बन्धित स्थानीय तहमा पठाइने तयारी छ ।
प्रदेश लोकसेवा आयोग स्थापना नहुँदासम्म प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारी संघीय लोकसेवा आयोगले भर्ना गर्न सक्ने कानुनी व्यवस्था छ । सो व्यवस्था अनुसार यसपटक संघीय लोकसेवा आयोगले ठूलो संख्यामा स्थानीय तहकोलागि कर्मचारी भर्ना लिन लागेको हो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY