इशाराले बोलेपछि अख्तियारको फन्दामा परे विमानस्थलका कर्मचारी

ईशाराले बोलेबापत एकजना कर्मचारी अहिले अख्तियारको फन्दामा परेका छन् ।

वैशाखको दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित चार विदेशीमध्ये दुईले फल्स बटममा हालेर ल्याउँदा ती सुन ईशारा गरेर सोफाको बीचमा फ्याँक्न लगाउने भन्सार कर्मचारीविरुद्ध डोमा शेर्पाले अख्तियार गुहारेकी छन् । उनी भन्सार कार्यालयकी कार्यालय सहयोगी हुन् । दिउँसो १२ः५० बजे थाई एयरलाइन्सबाट ओर्लिएकी ४५ वर्षीया कम्बोडियन महिला थिएवी युवाई र भियतनामकी ६९ वर्षीया भोथी नुवोईबाट प्रहरीले सुन बरामद गरेको थियो ।

कम्बोडियन महिलाबाट नौ सय ३५ ग्राम (चार थान बाला, एक थान लकेट) र भियतनामी भोथीबाट दुई–दुई थान लकेट र बाला गरी जम्मा सात सय ४८ ग्राम सुन प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले सर्टको बाहुला जोड्ने ठाउँमा सुन लुकाएका थिए । मेटल डिटेक्टरले चेक गर्दा ‘टुँ–टुँ’ आवाज आउने, तर सामान नभेटिने भएपछि शरीर खानतलास गरिएको थियो । प्रहरीले सुन फेला नपार्दै सोफाको बीचमा सुटुक्क फ्याँकेपछि उनीहरु पक्राउ परेका हुन् । सिसिटिभीको फुटेज अध्ययनका क्रममा कर्मचारीले इशारा गर्दै उनीहरुसँग रहेको सुन सोफाको बीचमा फाल्न भनेको भेटिएको थियो । प्रहरीले सोध्दा ‘ती सामान यहाँ नभेटिए पनि डाक्टरले पत्ता लगाउने कारण निकाल्नुस्’ भनेको बताएका थिए । तर, गतिविधि शंकास्पद देखिएपछि कर्मचारीलाई अख्तियार पठाइएको छ । अख्तियारले इन्स्पेक्टर भिषणबाबु राईलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेको छ ।

त्यस्तै, चिकित्सा शिक्षातर्फ विदेशी विद्यार्थीको लागि छुट्टयाइएको कोटामा महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (टिचिङ) ले नेपालीलाई नै पढाएको भनी अर्को उजुरी परेको छ । त्यसबारे छानवीन गरी तीन महिनाभित्र रिपोर्ट पेश गर्ने म्यादसहित एसपी प्रविण पोखरेललाई अनुसन्धान अधिकृत तोकिएको छ । जनआस्थामा रहेको छ ।

LEAVE A REPLY