७८ लाख घुस काण्डमा परेका अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा उपस्थित

Sharing is caring!


भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पाठकले घुस लिएको देखिने भिडिओ सञ्चारमाध्यममा आएपछि उनले राजीनामा दिएका थिए।

भ्रष्टाचार मुद्दामा थुनछेक बहसका लागि पाठक अदालत हाजिर भएको अदालतले जनाएको छ।

पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ।

बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुनेछ। उक्त बहसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न निर्णय गर्नेछ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्वआयुक्त पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Sharing is caring!

Loading...

LEAVE A REPLY