अंग्रेजी छाडेर संस्कृत पढ्नेको संख्या अचानक बढयो


आज धेरै जसो अभिभावकहरु आफ्नो छोराछोरीको लागि नयाँ शैक्षिक सत्र सुरु भएसँगै सामुदायिक र निजी विद्यालयका धमाधम भर्ना गरिरहेका छन् । शिक्षकहरु पनि विधार्थीको खोजिको लागि घर–घर पुगिरहेका देखिन्छन् । यस्तो हुँदा पनि सामुदायिक र निजी विद्यालयले सोहि अनुसार विधार्थी पाउन सकेको छैन् । तर, झापामै खुलेका संस्कृत विषय अध्यापन गराउने विद्यालयलाई विद्यार्थी थेग्न हम्मेहम्मे परिरहेको छ ।

आजको युग भनेको वैज्ञानिक युग हो । बैज्ञानिकहरु पनि आज संस्कृत भाषाको पछाडी परिरहेका छन् । यहि बुझेर अभिवाहकहरु अंग्रेजी विद्यालयमा अध्ययन गर्दै गरेका छोराछोरीलाई संस्कृत विधालयमा भर्ना भइरहेका छन् । हाल ३५ बालबालिका संस्कृत पढ्न आएको चारपानेस्थित विवेका श्रम सांगवेद संस्कृत माविका प्रधानाध्यापक दामोदर न्यौपानेले बताए। ‘हाम्रोमा मात्र होइन, जिल्लामा रहेका सबै गुरुकुलमा संस्कृत पढ्न आउने विद्यार्थीको चाप छ’, उनले भने, ‘पछिल्लो समय अंग्रेजी विद्यालयमा भर्ना भएका बालबालिकालाई पनि अभिभावकले संस्कृत पढ्न गुरुकुलमा हाल्ने गरेका छन्।’

विद्यार्थीको चाप बढेपछि यो वर्ष प्रवेश परीक्षा लिएर भर्ना गरिएको उनको भनाइ छ। ‘बोर्डिङ पढ्ने विद्यार्थी अत्यधिक मात्रामा संस्कृत पढ्न गुरुकुल आउन थालेपछि प्रवेश परीक्षा लिएर मात्र भर्ना गरेका छौं’, उनले भने, ‘धेरैलाई जिल्लाकै अन्य विद्यालयमा पनि यहाँबाट पठायौं।’

संस्कृत अध्ययनपछि इज्जत र आर्थिक उपार्जन सहज हुने भएपछि गुरुकुल शिक्षाप्रति आकर्षण बढेको विद्यार्थी बताउँछन्। सुलभ शिक्षा प्रणाली मात्र होइन, रोजगारीको सुनिश्चिततासमेत रहेको सरोकारवालाको भनाइ छ। झापामा २३ वटा गुरुकुल छन्। सबैमा विद्यार्थीको चाप छ। शैक्षिक सत्र २०७६ का लागि ४० नयाँ विद्यार्थी गुरुकुलमा भर्ना भएको न्यौपानेले बताए।

LEAVE A REPLY