चेक बाउन्सको मुद्धामा १२ बर्षको सजाय ६ महिनामा झार्ने तयारी

Sharing is caring!

कलमजीविलाई कस्ने व्यापारी पोस्ने । एकातिर कलमजीविहरुलाई कस्ने खालको विद्येयक आउने भयले त्रस्त छन् कलमजीवि । अर्काेतिर व्यापारी र ठग मानसिकता भएकाहरुलाई भने हाय सञ्चो हुने खालको विद्येयक बन्दैछ बालुवाटारतिर । नेपाल राष्ट्र बैंकको पछिल्लो वोर्ड बैठकबाट पारित भई अर्थमन्त्रालयमा पठाउने तयारी चलिरहेको बैंकिङ्ग कसुर सम्बन्धी विद्येयक अक्षरश पारित भएको खण्डमा पैसा नभएको चेक दिएर ठगी गर्दै आएका माफिया र ठगहरु प्रत्यक्ष लाभन्वित हुनेछन् ।
यस अगाडिको बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन ०६४ (पहिलो संशोधन ०७३)लाई अझैं परिष्कृत गर्ने नाममा खातामा पैसा नहुँदा नहुँदै चेक काटेर अरुलाई दुख दिने नियत भएका फटाहाहरुलाई छुट दिन खोजिएको हो । यस अगाडि खातावालको खातामा पैसा नहुँदा चेक काटेर चेक बाहकलाई दुख दिएको भेटिएमा तत्कालै कारवाही हुने व्यवस्थालाई खुकुलो बनाई १५ दिनको समय दिन लागिएको हो ।
हाल खातामा पैसा नहुँदा चेक काट्ने खातावाल तत्कालै बैंकिङ्ग कसुरसम्बन्धी ऐन अन्तरगत मुद्धा चलाइदै आएकोमा प्रस्तावित उक्त विद्येयकमा १५ दिनको समय दिन लागिएको हो । सो अवधिभित्र पनि खातावालाले सो रकम जम्मा नगरेमा मात्रै उसलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था विधेयक उल्लेख भएको राष्ट्रबैंक स्रोतले जनायो । यस्तै चेक काउन्ससम्बन्धी कसुरमा समेत खुकुलो बनाइएको छ । यस अगाडि चेक बाउन्स सम्बन्धी केसमा १२ बर्षसम्म जेल बस्नुपर्ने व्यवस्था थियो । त्यसलाई खुकुलो बनाई अब बढीमा ६ महिना जेल बसे पुग्नेछ । यस अगाडि १० अर्ब वा सोभन्दा बढीको चेक बाउन्समा १२ बर्षभन्दा बढी जेल बस्नुपर्ने व्यवस्था थियो । यस्तै १ अर्बसम्मको चेक बाउन्स भएको खण्डमा कम्तिमा आठ देखि बढीमा १० बर्ष जेल बस्नुपर्ने व्यवस्था थियो । ५० करोडसम्मको चेक बाउन्स भएको खण्डमा कम्तिमा ६ बर्षदेखि ८ बर्षसम्म जेलमा बस्नुपर्ने ब्यवस्था थियो । यस्तै १० लाखसम्म चेक बाउन्स भएको खण्डमा कम्तिमा एक वर्ष जेल जानुपर्नेथ्यो । अब संशोधित नयाँ व्यवस्थाले चेक बाउन्स प्रकरणमा अब बढीमा ६ महिनासम्मको जेल सजाय हुनेछ । जसअन्तर्गत ३ लाख रुपैंयासम्मको लागि एक महिना, १० लाखसम्मको चेक बाउन्समा एक महिनासम्म कैद र एक लाख जरिवाना , ५० लाख रुपैंयासम्म भए ५ लाख रुपैंयासम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद सजायको प्रस्ताव गरिएको छ । आपसी कारोबार नमिल्दा खातामा रकम नै नभए पनि बैंकमा चेक साट्न लगाई त्यसैलाई प्रमाण बनाई प्रहरीमा बैंकिङ कसुरका उजुरी आउने क्रम बढेको छ । पछिल्लो दुई वर्षमा काठमाडौ प्रहरी परिसरमा चेक बाउन्स प्रकरणमा १८ सय मुद्धा दर्ता भएको रेकर्ड छ । अघिल्लो आर्थिक बर्षमा ४ सय २७ वटा उजुरी दर्ता भएकोमा यस वर्ष १४ सय यस्ता घटना सम्बन्धी उजुरी दर्ता भएका छन । परिसरमा दैनिक सरदर २५ वटासम्म चेक बाउन्सका केस दर्ता हुने गरेको प्रहरीको भनाई छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY