आज जेठ २०७६ जेष्ठ १ कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने पाथिभरा माताको दर्शन गरि शुभकार्य गर्नुहोस

मेष
मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन
महत्तपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा धनखर्च हुनेछ । मानसिक चिन्ता वढ्नेछ । साँझमा अधिक पैसा खर्च हुने योगछ ।

सिंह
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला
सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

धनु
चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ
अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृष
इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ ।

कर्कट
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मनोरञ्जनमा सहभागीता भइएला ।

कन्या
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला ।

मकर
शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मीन
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ । ज्यो.प. नारायणप्रसाद दुलाल

Loading...

LEAVE A REPLY