ह्वाट्सएप प्रयोगकर्ताहरुलाई एप ‘अपडेट’ गर्न सञ्चालकको आग्रह

Sharing is caring!

ह्वाट्सएप प्रयोग गर्नु हुन्छ भने सचेत रहनुुहोस्, किनभने ह्वाट्सएप ह्याक गर्ने समूह सकृय भएर सूचनाहरु चोर्ने गरेको खुलेको छ । ह्याकर समूहले मोबाइल एक सफ्टवेयर मार्फत मेसेजिङ एप ‘ह्वाट्सएप’ बाट सूचना चोरेको खुलासा भएको हो। फाइनान्सियल टाइम्समा प्रकाशित समाचारका अनुसार, दक्ष साइबर ह्याकरको यो समूहले केही निश्चित फोन नम्बरहरु निगरानीमा राखेका थिए । ह्वाट्सएप सञ्चालक फेसबुकले सोमबार यसको पुष्टि गरेको छ । सोमबार मात्र ह्वाट्सएपले यस्तो आक्रमणबाट बच्न एप प्रयोगकर्ताहरुलाई एप अपडेट गर्न आग्रह गरेको थियो ।फाइनान्सियल टाइम्सका अनुसार, यस कार्यमा इजरायलको सुरक्षा सम्बद्ध संस्था एनएसओ ग्रुपको संलग्नता रहेको पाइएको छ ।

ह्वाट्सएपले आफूलाई अहिलेसम्मकै सुरक्षित सञ्चार एप भएको दाबी गर्दै आएको भए पनि अहिले ह्वाट्सएप एकदमै असुरक्षित हुदै गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिष्ट्सका अहमद जिदानका अनुसार, आक्रमणकारीले पत्रकार, वकिल, अभियन्ता र मानवअधिकारकर्मीलाई निशाना बनाएका छन् । एमनेष्टि इन्टरनेशनलले एएसओ ग्रुपको अनुमति पत्र खारेज गर्न माग गर्दै तेल अभिभमा मुद्दा दायर गरेको छ, यसको सुनुवाई भने आज हुने बताइएको छ।एजेन्सी

Sharing is caring!

Loading...

LEAVE A REPLY