विहानी पख खाली पेटमा तातो कागती पानीको सेवन गर्नुको अचुक फाइदा

प्राय मानिसले आफ्नो दिनको शुरुवात तातो चियाबाटै गर्ने गरेको देखिन्छ । अधिकांस मानिसहरु विहानीको समयमा खाली पेटमा तातो चिया पिउने गर्छन् । तर उनीहरुलाइ यो थाहाँ छैन कि खाली पेटमा चिया पिउनु स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको चिकित्सकहरु बताउछन् । आजभोली कतिपयले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्र्दै विहानीको समयमा तातो पानी पनि पिउने गरेको पाईन्छ जुन एकदमै राम्रो र स्वास्थ्यका लागि फाइदाजनक पनि मानिन्छ । अझ आफ्नो स्वास्थ्यलाई फिट र तन्दुरुस्त राख्न चाहनुहुन्छ भने मनतातो सादा पानी भन्दा तातो कागती पानी पिउनु सर्वोत्तम भएको चिकित्सकको भनाइ छ । यस्तै विहानी पख खाली पेटमा तातो कागती पानीको सेवन गर्नाले मानिसको स्वास्थ्यमा फाइदै फाइदा गर्छ ।

कसरी गर्छ त ? जानौं यसको फाईदाहरु :

१.यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउँनुहुन्छ भने तपाईंको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।

२.यदि तपाईंले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्न पनि मद्दत पुग्दछ ।

३.यसले तपाईंको पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।

४.तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

५.यसको ठूलो फाइदा यो पनि हो कि, मुख र सासको गन्ध हट्छ । तपाईं ताजगी महसुस गर्नुहुने छ । यसमा रहेको भिटामिन सिले तपाईंलाई फाइदा पुग्छ ।

Loading...

LEAVE A REPLY