श्रीलंकामा सामाजिक सञ्जाल प्रयोगमा फेरी रोक

Sharing is caring!

फेसबुकमा व्यक्त विचारले हिंसालाई प्रोत्साहन गरेको भन्दै श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । अल्पसंख्यक मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्ति माथि आक्रमण भएपछि सरकारले सोमबार देखि फेसबुक, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो। सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव खल्बलिएको श्रलिंका सरकारको बुझाई छ ।

धेरै जनसंख्या रहेको क्रिश्चियन भएको चिलाव सहरमा आइतवार मस्जिद माथि ढुंगा प्रहार र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। वैशाख ८ गते सैयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मावलम्बीका चर्च र पाँच तारे होटलमा भएको हमला भए पश्चात पनि श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो। अन्तर्राष्ट्रिय आतंकवादी समूह आइएसले यसको जिम्मा लिएको थियो र सो घटनाबारे श्रीलंकामा अहिले पनि त्रास पूर्ण वातावरण नै छ। फेसबुक तथा अन्य सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको पनि खबर छ। एजेन्सी

Sharing is caring!

Loading...

LEAVE A REPLY