५ लाख घुस सहित अख्तियारको फन्दामा बाँके सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष

नेपालगञ्जमा एउटा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई बाँके अख्तियारको सम्पर्क कार्यालयले घुस सहित रँगेहात पक्राउ गरेको छ । राप्तिसोनारी गाउपालिकामा रहेको लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजिकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्दा ५ लाख घुस सहित उनीहरुलाई पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले पक्राउ परेका टिकाराम र दिपकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिइएको जानकारी दिएको छ ।

LEAVE A REPLY