सिल्भर किङः मेक्सिकोका सेसर बारोनको लन्डनमा कुस्ती खेल्दाखेल्दै मृत्यु -भिडियो सहित

Sharing is caring!

लन्डनमा आयोजित एउटा व्यावसायिक कुस्ती खेलमा सहभागी एक खेलाडीको भिडन्त गर्दागर्दै मृत्यु भएको छ।

सिल्भर किङ उपनामले परिचित सेसर बारोन आफ्नो देश मेक्सिकोमा चर्चित कुस्तीबाज थिए। उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय गरेका थिए।

उनी ५१ वर्षका थिए। क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा उनी ढलेका थिए।अर्का कुस्तीबाजले बारोनलाई ‘महान् प्रतिद्वन्द्वी’ भन्दै प्रशंसा गरेका छन् ।

एल इखो डेल सान्टोले भने, ‘उनी आफूले इच्छा गरेअनुसार नै गए, भिडन्त गर्दा गर्दै †’ होर्खे रोड्रिगेज भनेर पनि चिनिने एल इखो डेल सान्टोले ट्वीट गर्दै

आफ्ना प्रतिद्वन्द्वीको मृत्युमा दुःख प्रकट गरेका छन् । शनिबार ग्रेटेस्ट सो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो ।

मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन् । अनलाइन माध्यममा प्रेसित दृश्यमा खेलका निर्णायक र अरू मानिस ढलेका बारोनलाई सहायता गर्न लम्किएको देखिन्छ । सिल्भर किङका रूपमा बारोनले सन् १९९७ देखि २००० सम्म अमेरिकाको वल्र्ड च्याम्पियनसिप रेस्लिङ खेलेका थिए ।

Sharing is caring!

Loading...

LEAVE A REPLY