फेवातालमा डरलाग्दो घटना , ५० भन्दा बढी डुंगा डुबे

Sharing is caring!

पोखरा भन्ने बित्तिकै धेरैले सम्झिन्छन् फेवाताल। पोखरा घुम्न जाने धेरैजसोको गन्तब्य फेवाताल पनि हुन्छ। स्वदेशी र विदेशी पर्यटकहरु तालमा डुंगा सयर गर्ने, किनारमा बसेर मनोरम दृश्य अवलोकन गर्ने गर्छन्।

तर, फेवाताल पुरिए के होला ? कहिल्यै सोच्नुभएको छ ? समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुंगा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए । बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले उनीहरुको उद्धार गरे।

हावाहुरी कम भएपछि डुंगा चालक आफ्ना डुबेका डुंगा निकाल्न खटिए। डुंगा चालक सुन्दर विकले यति धेरै डुंगा डुब्नेगरी पहिलोपल्ट छाल आएको बताए।

Sharing is caring!

Loading...

LEAVE A REPLY