पत्रकारको प्रश्नको सामाना गर्न नसकेपछि माइक फालेर बाहिरिए उपप्रधानमन्त्री यादव (भिडियोसहित)

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्रले एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि स्टुडियोबाट बाहिरिएका छन् । आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् ।

भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिएका थिए ।
एभीन्यूज टीभीको अन्तर्वार्ता
पत्रकार – संघीय समाजवादी फोरम र नयाँशक्तिबीच पार्टी एकीकरण भएर समाजवादी पार्टी बन्यो, पहिला तपाईलाई शुभेच्छा शुभकामना !
मन्त्री – धन्यवाद
पत्रकार – तर यसले नेपाली जनतालाई के दिन्छ ?
मन्त्री – अब यो मिडियाले नेपाली जनतालाई के दिन्छ रु तपाई यहाँ बस्नु भा’छ यसले नेपाली जनतालाई के दिन्छ ?
पत्रकार – सुसूचित गरिरहेका छौं ।
मन्त्री – हामीले पनि राजनीतिक रुपले चेतनशील बनाउने हो, बनाउने हो । तपाईको प्रश्न गर्ने ढंग पनि बुझेन क्या !राजनीतिक दलले के दिन्छ भन्ने थाहा छैन ?
पत्रकार – समाजवादी पार्टी गठन भएपछि यो पार्टीले नेपाली जनतालाई के दिन्छ भनेर सोध्दा तपाई प्रश्न गर्ने ढंग नसिकाउनुस् ।
मन्त्री – पहिलो कुरा त के हो भन्दाखेरी शिष्ट भएर प्रश्न सोध्नुस् ।
पत्रकार – एकदम शिष्ट छौं, क्षमा गर्नुहोला हामी एकदम शीष्ट छौं ।
मन्त्री – पहिला शिष्ट भएर प्रश्न गर्नुस्, इन्टरभ्यू लिने तरिका सिक्नुस्, कसरी कुरा गरिन्छ त्यो सिक्नुपर्छ
पत्रकार – तपाईले शिष्टता सिकाउनुपर्दैन, ठाडो प्रश्न सोध्छौं, ठाडै जवाफ चाहिन्छ । प्रश्न दिने हिम्मत छैन भने तपाई जान सक्नुहुन्छ,
र, त्यसपछि मन्त्री स्टडियो छाडेर हिँडे

प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि गैरजिम्मेवार बन्दै उनी स्टुडियोबाट बाहिरिए । सरकारका जिम्मेवार मन्त्री नै सञ्चार माध्यमको सामना गर्न नसकेर एकाएक स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको छ ।

Loading...

LEAVE A REPLY