लागु औषध दुर्व्यसनी बिरुद्ध बर्दिबासमा सडक नाटक

युवा अभियान नेपाल बर्दिबासका युवाहरु र बर्दिबास नगरपालिकाको सहयोगमा लागु औषध दुव्र्यबसन विरुद्दको नाटक मञ्चन गरिएको हो । लागु औषधका कारण वर्षौनी युवाहरुको मृत्यु हुने क्रम नरोकिएपछि लागु औषध दुव्र्यबसन अन्त्य गर्ने उद्देश्यले यो नाटक प्रस्तुत गरिएको हो ।

स्थानिय स्तरमै रहेका केही कलाकार र केही राष्ट्रिय स्तरका कलाकारको अभिनय रहेको छ । युवा अभियान नेपाल बर्दिबासका संयोजक तथा समाजसेवी विष्णु बम्जन भन्नु हुन्छ , लागु औषधको कारणले कयौँ युवाहरुको मृत्यु हुनेगरेको छ । लागु औषध निर्मुल पार्न र युवाहरुलाई सचेत गर्न हामीले जनचेतना मुलक सडक नाटक प्रदर्शन गरेका हौँ । युवाहरु लागु औषध सेवन गर्नु भन्दा शिक्षामा ध्यान दिनु राम्रो हुने बताउनु भयो । बम्जन भन्नु हुन्छ , यो जस्तै थुप्रै घटनाहरु अझै पनि हामा्रे समाजमा छन् त्यस्ता घटनालाइ पनि अन्त्य गर्नेछौँ ।

विभिन्न कुलतबाट बच्न र बचाउनका लागि अभिभाबकहरुको भूमिका र लहलहैमा साथी संगतका कारण फस्ने गरेका उदाहरण सहितको सडक नाटक देखाईएको कार्यक्रम संयोजक बम्जन भन्नु हुन्छ ।

स्थगल रिपोर्ट : योगराज पोखरेल (सरोज)

Loading...

LEAVE A REPLY