मार्क्स र लेलिन का पुत्र कम्युनिस्टहरु लाइ जय नेपाल को अर्थ र महत्व थाहा हुदैन : नेता पाण्डे

Sharing is caring!

नेपाल बिध्यार्थी संघ का निबर्तमान केन्द्रिय सदस्य युवा नेता सुमन पाण्डे ले बिदेशी दलालहरु को गुलामी गर्न पल्केका मार्क्स र लेलिनका पुत्रहरु लाइ जय नेपाल भन्दा अपराध गरेजस्तो लाग्ने बताएका छन्।

‘गोकुल बास्कोटाको पद अरु मन्त्रीहरूको जस्तो चनाचुने होइन’, उनले भने, ‘मन्त्रीजीले बोलेका कुरा सरकारको आधिकारिक धारणा हुन्छ । उहाँ जस्तो व्यक्तिले ‘जय नेपाल’ शब्दका विषयमा दिनुभएको धारणा उचित होइन । इतिहाँस बुझ्नुपर्छ ।’


सञ्चारमन्त्री बास्कोटाले ‘जय नेपाल राजा महेन्द्रले ‘कू’ गर्दा बोेलेको अन्तिम बाक्य’ भनेपछि कांग्रेसका शुभेच्छुक र नेताहरूले अलोचना गर्दै आएका छन् ।

मन्त्री गोकुल बास्कोटाले जय नेपाल सब्द राजा महेन्द्र बाट काङ्रेस ले प्रयोग गरेको भन्ने सब्द प्रती ब्यङग्य गर्दै नेता पाण्डे ले नेपाल का कम्युनिस्ट हरु लाइ नेपाल को इतिहास राजा महेन्द्र बाट सुरु भएको भ्रम रहेको बताउनु भयो। नेपाली काङ्रेस ले २००३ साल देखी प्रयोग गर्दै आइरहेको जय नेपाल सब्द महेन्द्र का बाबु त्रिभुवन राजा हुदा देखी नै सुरु गरेको र यो बिशय मा आफ्नो देश को जय भन्न नसक्ने, कमरेड र लाल सलाम जस्ता अयातित सब्द प्रयोग गर्ने कम्युनिस्ट ले बढी बोल्नु सिह को अगाडी कुकुर को भुकाइ मात्र हुने बताएका छन्।

बि.स १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई फाँसी दिदै गर्दा राणाले अन्तिम ईच्छा के छ भनेर सोद्धा जय नेपाल जय नेपाल र जय नेपाल, भनी शुक्रराज शास्त्रीले हासी हासी नेपालको जयका लागि ज्यानको आभुति दिएकाले सहिद प्रती को सम्मान पनि भएको बताएका छन् । राजा महेन्द्रको काख मा हुर्केका कम्युनिस्टहरुलाइ नेपाल को इतिहास महेन्द्र बाट सुरु भएको लाग्नु स्वाभाविक नै भएको बताउदै नेता पाण्डेले नेपालको इतिहास धेरै पुरानो भएकोले कम्युनिस्टहरुलाइ नेपालको इतिहास बुझ्न अलि अध्यायन गर्न सुझाव पनि दिएका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY