देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द गरिदैं

Sharing is caring!

नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफुहरुले तिर्न नसक्ने भएका कारण देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द गरिदै छ । सेवा प्रदायक कम्पनीहरुले तार काटेसँगै देशभरका सम्पूर्ण इन्टरनेट सेवा बन्द गर्न लागेका छन् । यसले गर्दा देश भरका इन्टरनेट सेवा तथा सञ्‍चारमाध्यमहरु प्रभावित हुने भएका छन् ।

इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आज देशभरका इन्टरनेट तथा केबल टेलिभिजनका तारहरु काट्‍ने बताएको हो । विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि पोलमा तार टाङ‍्ने र अप्टिकल फाइबर बिछ्‍याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरुले तिर्नै नसक्ने बताउँदै सेवा बन्द गर्ने समन्वय समितिले जनाएको छ ।

प्राधिकरणले एकलौटी रुपमा वृद्धि गरेको भाडा दर पुनरावलोकन गर्न इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले प्रधानमन्त्रीदेखि उर्जा, अर्थ र सञ्‍चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि तार काट्‍न बाध्य भएको जनाएको छ । समितिले टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले तय गरेको नयाँ भाडा दरमा सम्झौता गर्ने विद्युत प्राधिकरणलाई सात दिनको समयसीमा तोकेको थियो । उक्त समय अब केहीबेरमा सकिने भएको छ । तर, प्राधिकरणले कुनै प्रतिक्रिया नदिएपछि आफूहरुले सेवा बन्द गर्नुपरेको समन्वय समितिका संयोजक दिनेश सुवेदीले बताए । उक्त कम्पनीहरुले तार काटेसँगै देशभरका सम्पूर्ण इन्टरनेट सेवा तथा सञ्‍चारमाध्यमहरु प्रभावित हुने भएका छन् ।

कम्पनीले तोकेको नयाँ दर रेट अनुसार नगरपालिकाका पोलहरुमा इन्टरनेट र टेलिभिजको तार टांगेको प्रति किलोमिटर प्रतिवर्ष पाँच हजार ५० तिर्दै आएकोमा प्राधिकरणले जारी गरेको नयाँ दररेट अनुसार १४ हजार चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसैगरी गाउँपालिकाहरुमा प्रतिवर्ष प्रति किलोमिटर १२ सय ५० तिर्दै आएकोमा १४ हजार चार सय तिर्नुपर्ने हुन्छ । त्यसैगरी अप्टिकल फाइबर केबल विछ्याएको नयाँ दररेट अनुसार प्रति किलोमिटर प्रति कोर प्रति वर्ष १४ हजार चार सय भएकोमा ७२ हजार तिर्नुपर्ने हुन्छ ।

समितिका संयोजक सुवेदी, राज्यको कानून मान्‍ने तर राज्यले जबर्जस्ती गर्न नहुने बताए । उनले भने, ूयो पैसामा सेवा प्रदान गर्न सक्दैनौं । हामीले सेवा शुल्क बढाउनुपर्छ । जुन उपभोक्ता तिर्न सक्दैनन् । यसबारेमा हामीले विद्युत प्राधिकरण धाउँदा सात दिनभित्र सम्झौता गर्न अल्टिमेटम दिएका थियौं । त्यो आज सकिँदै छ । यसको अर्थ आजैबाट सम्झौता कार्यान्वयन नहुन्जेलसम्म टीभी र इन्टरनेट सेवा बन्द हुन्छ ।ू उनले बिरालोलाई ढोका थुनेर पिटे उसैले चिथोर्ने प्रसंग सुनाउँदै भने, ूअहिले हामी बिरालोजस्तै भएका छौं । यसको अर्थ अब हामी कम्पनी चलाउन सक्दैनौं र तालाचाबी सरकारलाई बुझाउन बाध्य हुनेछौं ।ू

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट भन्छन्, ूराज्यको निकायले नै साधारणतया २० प्रतिशत बढाउनुपर्नेमा ५०० प्रतिशत बढाएको छ । यसो गर्दा राज्यलाई कालोबजारी ऐन लाग्छ की लाग्दैन । यो इन्टरनेट डार्कनेस आउने संकेत हो । यसो गरेमा मुलुककै अर्थतन्त्र धरापमा जान्छ । नयाँ दररेट नै पालना गरे इन्टरनेट तथा टीभी सेवा प्रदायकलाई थप ७५ करोड रुपैयाँ व्ययभार बढ्छ । यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्छ ।

समन्वय समितिमा नेपाल केबल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड छन् । बाह्रखरी

Sharing is caring!

Loading...

LEAVE A REPLY