बुवा बन्दै सलमान खान

Sharing is caring!

बिहे नगर्ने सुरमा रहेका सलमान खान बुवा बन्ने भएका छन् । ५३ वर्षका सलमानले बुवा बन्नका लागि सरोगेसी प्रणाली अपनाउने भएका छन् । उनी सरोगेसीबाट बच्चा पाउने खबर अहिले चर्चामा छ ।

विहे गर्न नरुचाउने तर सरोगेसी मार्फत पिता बन्न तयार रहेको खबर टाइम्स अफ इन्डियाको एक रिपोर्टमा उल्लेख गरिएको छ । सलमान पिता बन्न लागेको खबर आएपछि उनका प्रशंसकहरू उत्साहित छन् । तर सरोगेसीको विकल्प छाने पछि सलमानको विवाहका विषयमा चाहिँ प्रश्न उठेको छ । बच्चा पाएपछि सलमानले अब यो उमेरमा आएर शायदै बिहे गर्लान् । उनका बयानले पनि उनी बिहेमा रुचि नराख्ने देखाउँछन् ।

सलमान बालबालिकालाई खुबै मन पराउँछन् । उनी आफ्नो परिवारका बालबालिकासँग गहिरो लगाव राख्छन् । एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘म राम्रो छोरा हुँ र राम्रो पिता बन्न सक्छु । तर राम्रो पति शायद बन्न सक्दिनँ ।’ धेरै अभिनेत्रीहरूसँग प्रेम सम्बन्ध बनाए पनि सलमानले कसैसँग विवाह गरेनन् । सम्बन्ध पुरा हुन नसकेका कारण पनि उनलाई विहे प्रति रुचि नबढेको आकलन गर्न सकिन्छ । एजेन्सी

Sharing is caring!

Loading...

LEAVE A REPLY