‘किक २’ का लागि नयाँ अनुहार खाज्दै सलमान

सलमानको ‘भारत’ रिलिजको तयारीमा छ भने उनी अहिले ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । ‘दंबग ३’को छायांकन सकिए लगत्तै सलमानको हातमा दुई चलचित्र छन्, ‘किक २ र इन्शाअल्ला’ । ‘दबंग ३ को’ छायांकन सकिएपछि पहिला सलमानले ‘किक २’को छायांकनलाई समय दिनेछन् । पछिल्लो समय ‘किक २’लाई लिएर मिडियामा धेरै समचारहरु पनि आइरहेका छन् । यस चलचित्रमा सलमानको जोडी को हुने भन्ने विषयले पनि चर्चा पाइरहेको छ ।

‘किक २’मा सलमानको जोडी नायिका दीपिका पादुकोण, ज्यक्लिन, दिशा पटनी रहने खबर पनि नआएको भने हैन ।तर, निर्माण युनिटले दिएको जनकारी अनुसार चलचित्रमा नयाँ नायिका रहने छिन् । निर्माण युनिटले नयाँ नायिकाकको खोजी गरिरहेको छ । हाल ‘भारत’को प्रचारमा पनि व्यस्त बनिरहेका सलमानले ‘किक २’को छायांकन सकिएपछि मात्र ‘इन्शाअल्ला’को सुटिङ सुरु गर्नेछन् । ‘इन्शाअल्ला चलचित्रमा भने सलमानको जोडीको रुपमा नायिका आलिया भट्ट हनेछिन् ।

Loading...

LEAVE A REPLY