राम भन्दा रावण महान थिए कसरी ? अध्यान गर्नुहोस


रावण को जन्म एक महान ऋषि विश्र्व र उनकी पत्नी दत्त राजकुमारी काकेसी को घरमा भएको थियो। उत्तर प्रदेश को बिसरख गांव को मानिस आज पनि दावा गर्छन कि उनको नाम विश्वरा को नामबाट राखेका थिए । रावण को दुईओटा श्रीमती थिए र उनको सात सन्तान थिए । इंदरजीत रावण को सबैभन्दा जेठो छोरा थिए । इंदरजीत धेरै नै बलशाली थिए । उनले युद्धमा इंद्रालाई समेत हराएका थिए ।

रावण को दस प्रमुख छह ज्ञान र चार वेदको ज्ञान को प्रतिनिधित्व गर्दथ्ये । रावणलाई शिव को एक अनुयायी पनि मान्दछन् । रावण एक महान विद्वान, एक सक्षम शासक र वीणा को एक वादक को रूप मा पनि चिनिन्छ ।
कतै कतै कहानी यस्तो पनि रहेको छ कि हरेक वर्ष रावण आफ्नो टाउको काटेर शिवलाइ अपर्ण गर्दर्थे ।

भगावन रामले अहंकारी रावणको बध गरेका थिए । उनको बध गर्नुको प्रमुख कारण पत्नी सीताको हरण । पत्नी सीताको हरण नगरेको भए पनि कुनै न कुनै कारणबाट रामले रावणको वध गर्थे किनभने उनको जन्म नै रावणको विनाशका लागि भएको थियो ।

रामले रावणको नाभीमा भएको अमृत धनुष चलाएर सुकाइदिए । त्यसपछि उसका दश टाउका छिनाए । रामले रावणको बध गरेपछि उनी हिमालयमा गएर पश्चताप गर्न चाहन्थे । उनलाई रावणको बध गरेपछि लाग्यो कि मैले एक महान शिवभक्तको हत्या गरेँ, एक महान राजाको हत्या गरेँ, एक विद्ववानको हत्या गरेँ मैले गल्ति गरेँ । यस्तो कुरा सुनेर लक्ष्मणलाई धेरै आश्चर्यमा परे । उनले भने कि सीतालाई अपहरण गर्नेलाई वध गर्दा किन पश्चताप ।

त्यसपछि रामले भने कि ‘रावणका १० मध्ये एउटा टाउको यस्तो थियो जसमा ज्ञान, विज्ञान, करुण, साहित्य, प्रेम मात्रै थियो । तर मैले त्यो टाउको पनि काटे । यसकारण मलाई यसमा विस्मत छ ।’

यसको अर्थ मानवजीवनसँग पनि मेल खान्छ । हरेक मान्छे हरके दिन विभिन्न विकार टाउकोमा लिएर घुम्छ । कुनै दिन मान्छे पैसाको लालचको पछाडि धेरै भौतारिन्छ । कहिले सुन्दर स्त्रीका लागि, कहिले शक्ति प्राप्त गर्नका लागि त कहिले रिस, आवेगमा दिन कटाउँछ । वास्तवममा मनुष्यका टाउकोमा परिवर्तन भई भई राक्षसको गुण आउँछ जान्छ ।

राम त भगवान विष्णुका अवतार थिए । उनलाई रावणको दश मध्ये ज्ञान विज्ञान करुणाले भरिएको टाउको पहिचान भयो । र उनले पश्चतापको कुरा गरे । कतै कतै यस्तो टाउको भएको रावणको पनि पूजा हुने गर्छ । जहिले पनि नराम्रो भन्दा राम्रो कुराको पहिचान स्थापित हुनु पर्छ । गुलावको फूलमा फूलभन्दा बढी काँडा हुन्छ । तर कसैले पनि गुलाफको बोटलाई काँडाको बोट भन्दैनन् । गुलाफको बोट भन्छन् । दृष्टिकोण सच्चाइमा हुनुपर्छ । सत्यमा हुनुपर्छ र सकारात्मक सोचमा हुनुपर्छ यसै कारण भनिएको हो ।

Loading...

LEAVE A REPLY