नायक पवनले फिल्म वापसीका लागि पाए भारु ३० करोड

साउथ इन्डियन फिल्मी जगतका सफल अभिनेता पवन कल्याण, केही समय देखि राजनितिमा लागेका छन् । उनलाई पुनः फिल्मी जगतमा फिर्ता हुनका लागि एउटा प्रोडक्शन हाउसले उनलाई ३०ल करोड दिन लागेको खबर छ । जन सेना चिफ पवन कल्याणले राजनीतिमा ध्यान केन्द्रीत गर्न फिल्मी क्षेत्र छोडेका थिए । तर हालै सार्वजनिक भएको खबर अनुसार पवन एकपटक पुनः पर्दामा फिर्ता हुने सम्भावना छ ।

तमिल सिनेमाको शीर्ष प्रोडक्सन हाउस ‘मैत्र मुभी मेकर्स’ ले उनलाई फिल्मी जगतमा फिर्ता ल्याउन लागेको बताइएको छ । खबरका अनुसार पवन कल्याणलाई फिल्मका लागि मोटो रकम एड्भान्समा अफर गरिसकिएको छ । यो पारिश्रमिक पवनलाई निकै अघि अफर गरिसकिएको थियो तर फिल्मलाई होल्डमा राखियो ।

पवनलाई फिल्मका लागि ३० करोड भारु एड्भान्स दिइएको खबर छ । टलिउड डट नेटको रिपोर्ट अनुसार चाँडै नै फिल्मबारे आधिकारिक घोषणा पनि गरिनेछ । प्रोडक्सन हाउसले फिल्मको सुटिङका लागि पवन कल्याणसँग मात्र ४० दिन माग गरेको छ ।
एजेन्सी

Loading...

LEAVE A REPLY