राति चंगा उडाउँथे न्युटन


त्रानिक आविष्कारहरुले गर्दा मानव जीवन सुखी र सम्पन्न बनेको छ । न्युटन विज्ञान क्षेत्रका अमर साधक हुन् । उनले टेलेस्कोप, गुरुत्वाकर्षको नियम, प्रकाश सम्बन्धी सिद्धान्तको प्रतिपादन गरे ।

उनका आविश्कारहरु सिद्धान्तहरु गणित, विज्ञान र दर्शनका क्षेत्रमा देखा परको अद्भुत उपलब्धीहरु हुन् । यिनै महत्वपूर्ण योगदानका कारण आधुनिक विज्ञानका जगतमा न्युटन वैत्रानिक, दार्शनिक र भौतिक शास्त्रीहरुको नजरमा निकै माथी उठे । जसले गर्दा न्युटनले जीवनमा धेरै मान सम्मान र पुरस्कारहरु पाए ।


न्युटन सानैदेखि अनुसन्धानतिर आकर्षित थिए । पन्ध्र वर्षकै उमेरमा गणित र यन्त्रहरुतर्फ आकर्षित भएका न्युटनले खोज र अनुसन्धान गर्दै जाँदा पानीघडी, धुपघडी र बायुघट्ट बनाएका थिए ।


न्युटनले प्रकाश हेर्दा सेतो देखिन्छ तर यो सात रंगले बनेको हुन्छ र ति सात रंगलाई प्रिज्मको सहायताले अलग गर्न सकिन्छ र ति सातै रंगलाई मिसाएर सेतो रंगमा बदल्न सकिन्छ भन्ने कुरा पत्ता लगाए ।
टेलिस्कोपबाट धेरै टाढाका वस्तुहरुलाई पनि सजिलै नजिकै देख्न सकिने भएकाले टेलिस्कोपको आविष्कारलाई विज्ञानका क्षेत्रमा महत्वपूर्ण उपलब्धी मानियो ।


दुई पिण्डबीचमा भएको आकर्षण बललाई गुरुत्वाकर्षण भनिन्छ बढि द्रव्यमान भएको पदार्थको आकर्षण बल बढी भएकाले कम द्रव्यमान भएका पदार्थलाई आफुतिर खिच्छ । यही नियमअनुसार पृथ्वीको सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रम गर्छन् भन्ने विचारहरु समेटिएका छन् ।
न्युटनले जीवनमा जीवनमा धेरै मान, सम्मान र पुरस्कारहरु पाए जस्तै ब्रिटिस सरकारले सरको उपाधिबाट गरेको विभूषण उल्लेखनीय छ ।

प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनको जन्म २५ डिसेम्बर १६४२ मा भएको थियो। उनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए। २० मार्च १७२७ मा यो संसार त्यागेका उनै न्युटनको बाल्यकाल यस्तो थियो।

उनको जन्म इङ्ल्यान्डको उल्सथोर्पमा भएको थियो। जन्मनुपूर्व नै उनले बाबु गुमाएका थिए। उनी महिना दिन नपुग्दै जन्मेकाले कम तौलका थिए र जन्मिँदै उनी साना, लुरे र मरन्च्याँसे थिए। त्यसैले डाक्टहरूले भनेका थिए, ‘यो धेरै बाँच्दैन।’

पतिको मृत्युपछि उनकी आमा हान्ना न्युटनले अर्कैसँग बिहे गरिन्। त्यसैले उनको पालनपोषण मामाघरमा हुन थाल्यो। उनी बज्यैसँग बस्न थाले। १२ वर्षको उमेरमा उनलाई बज्यैले ग्रान्थम स्कुलमा भर्ना गरिदिइन्।

उनी शारीरिक रूपमा जति निर्बलिया थिए त्यति नै पढाइमा पनि कमजोर र लद्दु थिए। उनी किताब पल्टाउनै मान्दैनथे। कक्षामा सबैभन्दा कमजोर विद्यार्थी पनि उनी नै थिए। शिक्षकले प्रश्न सोध्लान् भनेर उनी कक्षाको अन्तिम बेन्चमा बस्थे। आफूलाई असाध्यै कमजोर र हीन सम्झन्थे।

स्कुलमा एकजना अलि ठूलो केटोले उनलाई असाध्यै सताउने गर्दथ्यो। एक दिन त अति नै भएपछि उनी उक्त केटोमाथि जाई लागे। अचानक आफूमाथि जाई लागेपछि त्यो केटो पनि डरायो। सधैं आफूलाई पिट्ने केटोलाई त्यसरी आफूले पनि पिट्न सकेकोमा उनी आफैं छक्क परे। यसबाट उनमा आत्मविश्वास बढ्यो। अनि बिस्तारै उनमा रहेको हीन भावना हट्दै गयो। त्यसपछि उनले पढाइमा पनि प्रगति गर्न थाले। उनले खुब पढ्न थाले। पछि त सबैलाई उछिने।

सन् १६५६ मा आफ्नो दोस्रो पति पनि मरेपछि उनकी आमा हान्ना न्युटनले उनलाई उल्सथोर्पमा नै लगिन् र खेतमा काम गर्न लगाइन्। उनलाई विज्ञान खुब मन पथ्र्यो। काम गर्दागर्दै रूखमुनि बसेर पुराना मेसिन बिगार्ने र फेरि बनाउने गर्थे। एकदिन हुरी चलेर घरबालीमा नोक्सान पु¥यायो तर उनी भने हावाको गति नाप्न पो थाले। उनी हावासँगै कुदे, विपरीत दिशामा कुदे र हावाको गति नाप्थे।

न्युटन विज्ञानकै संसारमा रमे। पछि उनलाई फेरि स्कुल पठाइयो। उनी १५ वर्षमै गणित र यन्त्रहरूसँग खेल्न थाले। विभिन्न औजार थुपारे। उनले त्यति सानो उमेरमै घडी, टेलिस्कोप, हावाचक्की, सूर्यघडीजस्ता यन्त्रहरू बनाए।

उनी जति सिर्जनशील थिए त्यति नै चकचके पनि। उनी एक क्षण पनि चुप लागेर बस्दैनथे। उनी राति चंगा उडाउँथे। जसको पुच्छरमा कागजको लालटिन झुन्ड्याएको हुन्थ्यो। जसका कारण मानिस पुच्छ्रेतारा ठानेर भागाभाग हुन्थे।

एकदिन उनी बगैंचामा स्याउको बोटमुनि खेलिरहेका थिए। उनी खेलमा मस्त थिए। तर अचानक उनको टाउकोमा कुनै वस्तु वर्षियो। त्यो वस्तु थियो– स्याउ। स्याउ आफ्नो टाउकोमा खसेको देखी उनी आश्चर्यचकित हुन पुगे। स्याउ किन माथि गएन रु कसरी तल खस्यो रु घटना त साधारण थियो। तर उनको लागि त्यो रहस्यमय भयो। अनि उनी त्यसकै खोजमा लागे दिनरात, हरपल, हरक्षण। त्यसकै खोजमा लाग्दालाग्दै उनले ठूलो भएपछि गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए।

अर्को प्रमुख योगदान त गुरुत्वाकर्षणको नियम हो। सानैमा स्याउ खसेको देखी त्यसको कारण पत्ता लगाउने धुनमा उनले यो पत्ता लगाएका थिए। स्याउ खस्नु साधारण कुरा थियो। तर यही घटनाले बालक न्युटनलाई वैज्ञानिक न्युटन बनायो। न्युटनको लागि यो जीवनको उद्देश्य बन्यो, अध्ययन–अनुसन्धानको विषय पनि बन्यो। उनले शंका नगरी खोज गरे। कल्पना नगरी अनुसन्धान गरे। उनको यही जिज्ञासाले उनलाई महान् वैज्ञानिक बनायो। उनले प्रश्नमाथि दिक्क नमानी त्यसको उत्तर खोजे, अवलोकन गरे, छानबिन गरे र त गुरुत्वाकर्षण नियम पत्ता लगाए।

उनले आफ्ना आविष्कारहरूलाई पुस्तकमा उतार्ने काम गरे। एडमन्ड ह्यालेको आग्रहमा उनले यो काम गरे। ह्यालेले नै उनको ‘प्रिन्सिपिया’ पुस्तक प्रकाशित गरिदिए। त्यसबेलासम्ममा उनी प्रसिद्ध भइसकेका थिए। मानसम्मान पनि पाए। ब्रिटिस संसद्का सदस्य पनि भए। सन् १६८४ मा अन्वेषणसम्बन्धी प्रकाशित पुस्तक ‘फिलसोफिया चेचरलिस प्रिन्सिपिया म्याथमेटिक’मा उनले गुरुत्वाकर्षण शक्तिको बारेमा उल्लेख गरेका थिए।

सन् १६९९ मा उनी टक्सारका मास्टर पनि बने। सन् १७०३ मा रोयल सोसाइटीका अध्यक्ष बने र सन् १७०५ मा महारानीले सरको उपाधि दिइन् र त्यसपछि उनी भए ‘सर आइज्याक न्युटन’।

Loading...

LEAVE A REPLY