बालुवाटारको २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित

Sharing is caring!


बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरूका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो ।

कान्तिपुर लेख्छ -गुरुङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरिद गरेका छन् । ‘करिब ६० कित्ता जग्गा उनीहरूले आफ्नो, परिवारका सदस्य र सामूहिक स्वामित्वमा खरिद गरेको देखिन्छ,’ भूमि व्यवस्थापन विभाग स्रोतले भन्यो, ‘उनीहरूले आफ्नो नाममा ल्याएर बेचेको जग्गाको हिसाबकिताब यसमा छैन, त्योसमेत जोड्ने हो भने अझै बढी जग्गा आफ्नो पञ्जामा पारेको देखिन्छ ।’ स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको मिसिल हेर्ने हो भने बालुवाटारको करिब सबैजसो किक्ताको खरिदबित्रीको ट्र्याक रेकर्डमा उनीहरूको नाम जोडिएको देखिन्छ ।

भूमि व्यवस्थापन मन्त्रालयको निर्देशनमा डिल्लीबजार भूमिसुधार कार्यालयले ब्लकमा जग्गाधनीहरूको विवरण निकालेको छ, जसअनुसार पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले भूमाफिया भनी किटान गरेका रामकुमार सुवेदी र शोभाकान्त ढकालको संयुक्त नाममा ९ कित्ता जग्गा छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY