खर्च विवरण बुझाउँदैनन् स्थानीय तह


स्थानीय तहको निर्वाचन सम्पन्न भएको सात महिना बितिसक्दा स्थानीय तहको खर्चको विवरणको एकीन तथ्याङ्क कुनै निकायसँग छैन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयसँगसमेत स्थानीय तहको खर्चको विवरणको तथ्याङ्क छैन ।

बैतडीका १० वटै स्थानीय तहबाट तेश्रो किस्ताको रकम निकासा भइसकेको छ। तर, दुई चौमासिकको खर्च कोष तथा लेखा नियन्त्रक कार्यालयसँग आइपुगेको छैन्। वित्तीय समान्यीकरण र सशर्त अनुदान तर्फको सबै रकम निकासा भएपनि स्थानीय तहले खर्च विवरण भने नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक सिद्धराज ओझाले बताए। उनले भने, हामीले स्थानीय तहलाई तीन चौमासिकको रकम सबै निकासा गरिसकेका छौं। तर स्थानीय तहको खर्च विवरण हामीसँग छैन्। स्थानीय सरकारलाई सिधैं रकम निकासा गर्ने भन्ने छ। तहहरुले हामीलाई खर्च विवरण उपलब्ध गराए सजिलो हुने थियो।

यस्तै दोगडाकेदार गाउँपालिकाका लागि २२ करोड ८३ लाख १४ हजार ६६६, पञ्चेश्वर गाउँपालिकाका लागि १८ करोड ५३ लाख १० हजार ६६६, शिवनाथ गाउँपालिकाका लागि १५ करोड १९ लाख ३० हजार ३३२, सुर्नया गाउँपालिकाका लागि १८ करोड १२ लाख ४ हजार ९९९ रुपैया निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए।

यसैगरी डिलाशैनी गाउँपालिकाका लागि १९ करोड ९६ लाख ६९ हजार ३३३ र सिगास गाउँपालिकाका लागि १९ करोड ५५ लाख ८४ हजार ३३२ रुपैयाँ निकासा भएको छ।

यसरी निकासा हुने रकम प्रत्येक चौमासिकका एकमुष्ट निकासा हुने र स्थानीय तहले नै कार्यक्रम बनाएर खर्च गर्ने गरेका छन्। स्थानीय तहले भने कर्मचारी अभावमा समयमै काम गर्न नसकेको बताउँदै आएका छन्। सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले कर्मचारी समायोजन पछि गाउँपालिकामा कर्मचारीको अभाव भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here