कुमार सानुको नयाँ नेपाली गीतरिलिज[भिडियोसहित]

भारतका चर्चित पाश्र्व गायक केदारनाथ भट्टाचार्य (कुमार सानु)को स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन् ।

यसअघि उनले फूल भए जिन्दगी‘, यो दुई थोपा आँसु‘, म त अब रिसाउँछु‘ लगायत दुई दर्जनभन्दा बढी नेपाली चलचित्रका गीत गाएका थिए ।

यसपटक उनले चलचित्रको नभएर आधुनिक नेपाली गीत गाएका हुन् । अमेरिकाको न्युयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार कृसु क्षत्रीले लेखेको ‘सयौं जुनी सँगै जिउन‘।’ गीत कुमार सानुले गाएका हुन् । गीतलाई हालै मुम्बईमै रेकर्ड गरिएको थियो । गीतमा युग भुसालको संगीत रहेको छ ।

युट्युबबाट सोमबार रिलिज गरिएको भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् । भिडियोमा फराज अर्पणको छायांकन र सम्पादन छ । रोशन पराजुलीले यो भिडियो निर्माण गरेका हुन् । गीतले युट्युब रिलिजको केही घण्टामा नै लोभलाग्दो भ्यूज पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here