माधव नेपालको विदेश दौडधुप : चीनबाट फर्किएको भोलिपल्ट अमेरिका


चीन भ्रमणबाट फर्किएको भोलिपल्टै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् ।

नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जानकारी गराएका थिए ।

नेताहरुले भने नेपाललाई ट्रान्जिट मात्रबनाएको भन्दै ठट्टा गरेको एक नेताले जानकारी दिए । पूर्वप्रधानमन्त्री नेपाल धेरै विदेश गइरहने नेताहरुको सूचीमा अग्रपङ्तिमा पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here