पूर्व एमाले वडाअध्यक्ष २५ हजार घुससहित पक्राउ


२५ हजार घुससहित सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का पूर्व एमाले वडाअध्यक्ष शिल्टु मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई सोमबार बिहान पक्राउ गरेको हो । उनि पूर्व एमाले निकटका नेता हुन् ।

पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here