सय बढी व्यवसायी कारबाहीमा, ३१ लाख रुपैयाँ जरिमाना


चालु आर्थिक वर्ष असारदेखि चैत्र मसान्त सम्ममा १ हजार ६७ वटा व्यापारिक फर्म अनुगमन गर्दा वाणज्यि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ सय १९ व्यवसायीलाई कारबाही गरेको छ ।

राजधानी लेख्छ-विभिन्न बहानामा उपभोक्ता ठग्ने र मापदण्ड विपरीत व्यवसाय संचालन गर्दै आएका व्यवसायीलाई विभागले कारबाही गरेको हो । विभागले १ सय १९ फर्मलाई कारबाही गरी ३१ लाख हजार रुपैयाँ जरिमाना गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम विभागले व्यापारिक फर्म अनुगमन गरेर कारबाही गर्ने गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ले बजार अनुगमन गर्दा अनुमगनकर्ताले ठाउँको ठाउँ कारबाही तथा जरिमाना गर्न सक्ने अधिकारको सुनिश्चित गरेको छ । यस अघिको उपभोक्ता संरक्षण ऐनले विभागको अनुगमनकर्तालाई सो अधिकार दिएको थियो । पहिले ऐनमा सो व्यवस्था गरेको हुँदा अनुगमनकर्ताले मापदण्ड विपरीत व्यवसायी सञ्चालन गर्ने व्यवसायीलाई ठाउँको ठाउँ कारबाही गर्दै आएको छ ।

वाणज्यि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक पवन तिमिल्सिनाले मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई ५ हजारदेखि ३ लाखसम्म जरिमाना गरेको बताए । तिमेलसेनाले भने, ‘उपभोक्ता संरक्षण ऐनको दफा ३८ (घ) बमोजिम बिलबिजक नराखेकाको पाइएमा ५ हजारदेखि २० हजारसम्म जरिमाना गर्ने गरेको छ ।’

तिमिल्सिनाले धेरै जस्तो व्यापारीले खरिद बिल नराखे व्यवसाय सञ्चलान गर्ने गरेको अनुगमनमा पाइने बताए । चालु आर्थिक वर्षको असारदेखि चैत्र मसान्तसम्ममा गरेको १ सय १९ व्यवसायी कारबाहीमध्ये सबैभन्दा धेरै खरिद बिल नराखेर बिक्री गर्ने व्यवसायी पाएको उनले बताए । १ यस १९ व्यवसायी कारबाहीमध्ये १ सय व्यवसायी खरिद बिल नराखेर व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई कारबाही गरेको विभागको अनुगमन तथ्यांकले देखाएको छ । शाखा निर्देशक तिमिल्सिनाले यस्ता खरिद बिल नराखे व्यवसायी सञ्चालक व्यापारीलाई विभागले ५ हजारदेखि २० हजारसम्म जरिमाना गरेको बताए ।

यसैगरी, अनुचित व्यापारिक क्रियाकलाप गर्ने कोसेली गुदपाक उद्योग हेटौंडालाई २ लाख जरिवाना गरेको छ । सो उद्योगलाई विभागले गत १७ माघमा कारबाही गरेको थियो । यसैगरी, शुभकामना मिनिरल वाटर दक्षिणकाली कम्पनीलाई मापदण्ड विपरीत सञ्चालन गरेको कसुरमा ३ लाख जरिमाना गरेको पाएको छ ।

यसैगरी मापदण्ड भन्दा कम परिमाणमा पेट्रोल विक्री वितरण गर्ने भद्रकाली आयल स्टोर कागेश्वरी मनोहरा काठमाडौंलाई २ लाख जरिवाना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here