हृदयरोगबाट पीडित रहेका संगीतकार बिजु वज्रको निधन

Sharing is caring!


पाँच वर्षअघिदेखि हृदयरोगबाट पीडित रहेका संगीतकार बिजु वज्रको आइतबार बिहान हृदयाघात भएपछि निधन भएको छ । हृदयाघात भएपछि उपचारका लागि उनलाई सिभिल अस्पताल, नयाँ बानेश्वर लगिएको थियो । ४८ वर्षीय वज्रको उपचारकै क्रममा निधन भएको पारिवार स्रोतले जनाएको छ ।

वज्रले संगीत दिएका तिमी मभन्दा कोसौँ टाढा छौ, साँझपख, झरी परिरह्यो, मै ठूली भैछु रे, बिस्तारै छायो आँखामालगायतका दर्जनौँ गीत चर्चित छन् । स्व। फत्तेमान, कर्णदास, सुगम पोखरेलदेखि अहिले चल्तीका गायक युवराज चौलागाईंसम्मका गीतमा उनले संगीत भरेका थिए ।

वज्रको पार्थिव शरीर श्रद्धाजञ्लीका लागि सोमबार पशुपतिमा राखिने संगीतकार संघ नेपालले जनाएको छ । वज्रका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY