धुर्मुस सुन्तलीको कार्यक्रमस्थलबाट पक्राउ परे एनआरएन अध्यक्ष

Sharing is caring!

हाँस्य कलाकार धुर्मुस सुन्तली साँझ कार्यक्रमस्थलबाटै गैरआवासीय नेपाली संघ (एनआरएन) दुबईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको हो ।
चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई सेक्युरेटीले बाहिर बोलाएर प्रहरीले नियन्त्रणमा लिएको थियो । कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले श्रेष्ठ पक्राउ परेकोबारे पुष्टी गरेका छन् ।

श्रेष्ठ पक्राउ परे लगत्तै युएईका नेपाली व्यवसायी शंकर श्रेष्ठले रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको फोनमार्फत बताएका छन् । व्यावसायिक लेनदेनमा आफूले पाउनु पर्ने रकम नपाएपछि श्रेष्ठविरुद्ध स्थानीय प्रशासनमार्फत अदालतमा मुद्दा दायर गरेको उनले बताएका छन् । आफूले पाउनु पर्ने ६० हजार दिराम नदिएकाले उनीविरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

यी दुबैले यूएईमा म्यानपावर व्यवसाय चलाउँदै आएका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY