यी हुन रातारात खुलालामञ्च कब्जा गर्ने नयाँ नटवरलाल

Sharing is caring!

वालुवाटारको सार्वजानिक जग्गा खरिद गरी आफ्नो बनाउने केही भूमाफियाहरुको पर्दाफास भएको धेरै भएको छैन् । यो प्रकरण सेलाउन नपाउँदै फेरि अर्काे भूमाफियाहरु प्रकट भएका छन् । यी यस्ता भूमाफिया कि जस्ले खुलामञ्च नै अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण बनाइरहेका छन्।
मनोज भेटवाल तिनै पात्र हुन जो एपेक्स बैंकको दुई अर्ब घोटाला गरेको अभियोगमा सिआइबिद्वारा पक्राउ परेका व्यक्ति हुन् । उनी पटक पटक बैंकहरुको कालोसूचीमा समेत परेका पात्र हुन्। प्रभू बैंकसँग लिएको ऋण नतिर्दा धितो लिलामीका पछिल्लो पटक ७५ साउन ३० मा नागरिक दैनिकमा ३५ दिने सूचना जारी भएको थियो । यिनी बैंकका खराब ऋणी पनि हुन् । यीनै खराव पृष्ठभूमिका पात्र भेटवाल र काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र मनोज भेटवालबीचको दोष्ती भने बडो गज्जबको छ ।


यही दोष्तीका कारण हो काठमाडौं महानगरपालिकाले उनीमाथि केही कारवाही गर्न सकेको छैन् । कानमा तेल हालेर बसेका छ महानगरपालिकाले अनुमसित नदिई खुलामञ्च नै अतिक्रमण गरेर मनोज भेटवालको कम्पनीले धमाधम सटर बनाएर विक्रि गरिरहेको छ । तर कारवाही प्रक्रिया अगाडि बढाउने अनुमति पाएको काठमाडौं महानगरपालिकाले अनुमति नदिएको बताउने महानगरले पनि कारवाही प्रक्रिया अघि बढाउन सकेको छैन् ।

काठमाडौं भ्युटावर बनाउन ठेक्का लिएको स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको हो । महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको छ ।
मनोज भेटवालको जलेश्वर स्वच्छन्द बिकोइ कम्पनीले पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणको ठेक्का पाएको हो । काम गर्न नसके पछि काठमाडौं टावरको काम खोस्न महानगरपालिकाकै हरि कुँवरको संयोजकत्वमा एक अध्ययन कार्यदल बनाइएको थियो । पछि कार्यदलले मनोज भेटवाल र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यबीच समझदारी भयो । र
पुरानो बसपार्कमा ‘काठमाडौं टावर’ बनाउन बसपार्क खुलामञ्च सारियो । खुलामञ्चमा मनोज भेटवालले ४० वटा सटर नै बनाइदिए । त्यसबाट उनी पैसा कमाउँछन् । टावरका सम्बन्धमा कार्यदल बनाएपछि मेयर शाक्य र भेटवालबीच दोस्ती कायम भयो । त्यसपछि खुलामञ्च कब्जा गर्दा पनि मेयर शाक्य मौन छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY