दुबई जाने श्रमिकलाई खुशीको खबरःपासपोर्ट आफैसँग राख्न पाउँने

रोजगारको लागि युएई गएका र जाने श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउँने भएका छन्। संयुक्त अरब इमिरेट्स र नेपाल सरकारका प्राविधिक समितिले तयार पारेको सम्झौताको मस्यौदामा श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउँने उल्लेख गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. राम प्रसाद घिमिरेले जानकारी दिए।

यस्तो गर्दा करार अवधी सकिनु अघि नेपाल फर्कन चाहने श्रमिकलाई फर्कन सहज हुनेछ। साथै श्रम सम्झौता कार्यान्वयनमा आइसकेपछि मुद्दा मामिला ९प्रतिनिधी, अनुवाद० लगायतको खर्च सबै रोजगारदाता कम्पनीले व्यहोर्ने छ। महिना पुगेको १० दिन भित्र तलव नपाए उजुरी दिन पाउँने, वर्क इन्स्योरेन्स ९मूत्यु भएको खण्डमा लास समेत नेपाल पठाउँने०, हेल्थ इन्स्योरेन्स लगायतको सेवा रोजगारदाता कम्पनीले दिनुपर्ने छ। सम्झौतामा विदेशी कामदारलाई भन्दा थोरै तलब दिन नपाउँने, नेपाल फर्कन चाहेमा करार अवधि सकिए पनि नो अब्जेक्सन लेटर दिने , पासपोर्ट कामदारले राख्न पाउँने व्यवस्था पनि गरिएको घिमिरेको भनाई छ । सम्झौता पछि कामदारको सम्पुर्ण लागत, म्यानपावरको कमिसन, कामदारको वासस्थान, बीमा आदिको व्यवस्था रोजगार दाता आफैंले व्यहोर्ने छ। यस मस्यौदालाई नेपाल र यूएई मन्त्रिपरिषदको निर्णयले पास गरेपछि मन्त्रीस्तरीय हस्ताक्षर हुनेछ । मन्त्रीस्तरीय हस्ताक्षर भने पछि लागू हुने घिमिरे बताउँछन् । सेतोपाटी

LEAVE A REPLY