यी हुन सरकारी जग्गा मिचेर अर्पाटमेन्ट र अस्पताल ठडाएर धनाढ्य बनेकाहरु

Sharing is caring!

वालुवाटारको सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा पारेको प्रकरणमा लहरो तान्दा पहरो थर्किएझैं भएको छ । यो प्रकरणमा परेर नेपालका ठूला र धनाढ्य भनिएका एक पछाडि अर्काे व्यापारीहरुको मुकुण्डो उत्रदै छ । केही अगाडि मात्र वालुवाटारमा रहेको सरकारी जग्गा मालपोतका भ्रष्ट कर्मचारीहरुलाई आफ्नो हातमा लिएर भाटभेटनीका साहुजी मिन बहादुर गुरुङले आफ्नो नाममा पारेको रहष्य पर्दाफास भयो ।

मिन बहादुर गुरुङ


सरकारी जग्गा कौडीको भाउमा हत्याएर आफ्नो नाममा पार्ने खेलमा मिन बहादुर गुरुङ मात्र होइन उनीजस्ता दर्जनौं व्यापारी र तिनका व्यापारिक प्रतिष्ठानहरु लागि परेको नयाँ नयाँ रहष्य पर्दाफास हुँदैछ ।
यस्तो कर्ममा संग्लग्न छन् एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतोदेखि दीपक कुँवर,गणेश अग्रवालजस्ता व्यापारीहरुसम्म ।

उपेन्द्र महतो


सरकारी जग्गा हडपेर अस्पतालदेखि अर्पाटमेन्टसम्म सञ्चालन गरिएको रहष्य पर्दाफास भएको छ । यसरी सरकारी जग्गा अतिक्रमण गर्नेहरुको सूचीमा ठूला अस्पताल र अपार्टमेन्ट पनि छन् ।

काठमाडौँको टोखामा रहेको ग्रान्डी इन्टरनेशलन हस्पिटल र ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले नदीको जग्गा नै मिचेका छन् । ललितपुरको हात्तीवनचोकस्थित गणेश अग्रवालको मेरो सिटीले सार्वजनिक खोला नै मिचेर अपार्टमेन्ट बनाएको छ ।

मेरो सिटी अपार्टमेन्टले खोला मिचे पनि त्यो अपार्टमेन्ट निर्माण भई प्रयोग गर्न राज्यका निकायले छुट दिएका छन् । काठमाडौं उपत्यकाका अरु अपार्टमेन्टले पनि सरकारी जग्गा अतिक्रमण गरेका छन् ।
यस्तै, टोखाको ग्रान्डी अस्पतालले बिष्णुमती खोलाको करिब १७ रोपनी जग्गा अतिक्रमण गरेको छ । खोला र बाटोसमेत ग्रान्डी अस्पतालले अतिक्रमण गरेको छ । ग्रान्डीका संचालक दीपक कुँवरले बिष्णुमती नदीकै जग्गा मिचेर अस्पताल भवन बनाउन थालेपछि स्थानीयले बिरोध पनि गरेका थिए । दीपक कुँवरले १७ रोपनी सरकारी जग्गा मिचेर अस्पताल र ग्रान्डी भिल्ला बनाएको रहष्य सार्वजानिक भएको छ । यस्तै अर्काे व्यापारी हुन् एनआरएनका संस्थापक उपेन्द्र महतो । उनले चलाएको मेडिसिटी अस्पतालले नख्खुखोलाको करिब ५ रोपनी जग्गा अस्पतालले अतिक्रमण गरेको छ ।

यो पनि पढ्नुहोस

Sharing is caring!

Loading...

LEAVE A REPLY