हिजोका ती सतिश,आजका यी सतिश

सतिश सुवेदी, प्रवन्ध निर्देशक,क्लियर भिजन उपचार केन्द्र
भैसेपाटी,ललितपुर

स्वामी योगी विकाशानन्दले भनेका छन् संसार बदल्नु छ भने शुरुवात आफैंबाट गर्नुपर्दछ । यो उनले त्यसै भनेका होइनन् । अक्सर मान्छे चाहन्छन्,अरु बदलियोस तर आफू चाहिँ बदलिन नपरोस ।
संसारको सबैभन्दा कठिनतम काम हो आफैं बदलिनु । अर्थात आफ्ना बानी बदल्नु । जस्ले आफ्नो बानी र आफ्ना स्वभाव बदल्ने हिम्मत गर्दछन् । हो, उनीहरु नै उठ्छन,जाग्छन,व्युझन्छन् केही गरेर देखाँउछन् यो दुनिँयामा ।
आजको यो श्रृंखलाबाट जीवनको कुनै कालखण्ड नर्कीय जिन्दगी बाँचेका र आज बदलिएर समाजका लागि उदाहरणीय पात्र बनेका एक व्यक्तिको बारेमा चर्चा गर्दछौं हामी ।
उनी हुन् सतिश सुवेदी । जन्मिए आजभन्दा ३६ बर्ष अगाडि यही राजधानी खाल्डोभित्र । ललितपुरको इमाडोलका स्थायी बासिन्दा बुवा गणेश र गीता सुवेदीको कोखबाट । परिवारको जेठो छोरा । केही कमि थिएन् शिक्षा दिक्षामा । जे माग्यो पु¥याँउथें उनका बुबा आमा ।


संगत गुनको फल
यहाँ पोल्छ मान्छेलाई माया र प्रेमले पनि । हो उनी पनि बिग्रिए बुवा आमाको लाडप्यारले । जब स्कूले शिक्षा पूरा गरे पछि उनी मोडिए उच्च शिक्षाको बाटोमा । त्यहीको गलत साथीहरुको संगतले उनको जीवनको गोरेटो बदलियो । जीवनको नक्सा फेरियो ।
आजभन्दा २० बर्ष अगाडिको कुरा । जसै टिनएयर्जसमा उक्लदै थिए सतिश उनी पनि पुगे केही यस्ता साथीहरुको संगतमा । हो,त्यही सिके चूरोट तान्न । सिके खान नहुने चिजहरु खान । केही पनि चिजको बानी लगाउन त निकै सजिलो हुन्छ । फेरि अम्मली भन्ने चिज शुरु शुरुमा अरुले पैसा तिरेर खुवाउने,पछि पछि आफैले खर्च गरेर साथीहरुलाई खुवाउन पर्ने ।
उमेर थियो झोलाभरी भविष्य बोकेर कलेज जाने । तर ‘मलाई प्रिय लाग्न थालेको थियो किताब,कापी भन्दा चुरोट,गाँजा जस्ता अम्मली पर्दाथ ।’ भैसेपाटीको क्लियर भिजन उपचार केन्द्रमा भेटिएका उनै सतिश फर्किरहेका छन् फ्ल्यासव्याकमा ।
ती दिन यस्ता थिए कि भोक, निद्रा, प्यास, तातो, चिसो सबैको आवश्यकता पूरा गर्ने माध्यम नै लागू पदार्थ बन्न थाल्यो उनका लािग । चुरोट,गाँजा हुँदै रक्सीको नशासम्म डुब्नथालिसकेका थिए उनी १५ बर्ष उमेर पार भइनसक्दै । आखिर संगत भन्ने चिजै यस्तै हो,जसरी दूर्याेधनको संगतले भीष्म पनि गाई चोर्न हिडेका थिए । हो उसैगरी गलत मान्छेका संगतमा पर्दा उनी पनि फसे कुलतको दलदलतमा ।


सतिश सुवेदी, प्रवन्ध निर्देशक,क्लियर भिजन उपचार केन्द्र
भैसेपाटी,ललितपुर


ग्यास सिलिण्डर समेत बेचियो
एक मनले भन्थ्यो यो बर्बादीको बाटो हो । फेरि अर्काे मनले भन्थ्यो जीवन भन्नु नै रामरमाइलो हो । र जित्थ्यो त्यही शैतानी मनले । र,उनी त्यो समय मस्तिकबाट होइन,मनबाट चल्दथें । कति वेइमानी हुन्छ मान्छेको मन ।
लागू पदार्थ सेवन गर्नुलाई बिन्दास जीवन बिताउने माध्यम ठान्दैथिए । प्रश्न राख्यौं हामीले यी र यस्ता पर्दाथ पिउने पैसा कहाँबाट जुट्थ्यो ?
भन्छन् नि तँ आँट म पुर्याउछु । नशामा यसरी डुब्दै थिए कि यही पर्दाथ सेवन गर्नका के गरिएन् ? दुनिँयालाई ढाटिएन कि छलिएन । तर अरुलाई ढाटे पनि छलेपनि आफैंलाई कहाँ सक्दो रहेछ र ढाट्न र छल्न ?
सुनाए न त छोडियो घरको भाँडाकुडाँ । न त बाँकी नै राखियो ग्यासको सिलिन्डर चुरोटबाट शुरुवात भएको लागूऔषधको यात्रा ग्राफ उकालो चढ्दो थियो ब्राउन सुगरबाट नशा सेवन गरेँ । यी पर्दाथ सेवन गर्नका लागि कतिलाइ ठगेँ कतिलाई पिटेँ ।
यही कारण उनका कयौ रात सडकका पेटीमा बिते । कयौं पटक जेलको चिसो सिढिमा पुगे । तर फेरिएन मति । बदलिएन जिन्दगीको गति । उनी झन झन दुव्र्यसनमा डुबिरहेका थिए । अहिले अत्यास लाग्छ सतिशलाई ती दिन सम्झदा । हाय कति दुखाए होला ती पल मैले मेरा प्रिय बुवा आमाको मन ? बुवा आमा चाहन्थे सन्तान सही ट्रयाकमा हिडोस । उहाँहरुले सोच्नुभयो विवाह गराइदिएको खण्डमा छोरा सुध्रिएला कि ?
तर नानी देखि लागेको बानी सिस्नु पानी लाएर कहाँ र कसरी जाँदो हो ? सुनाए,परिवारले विवाह गरी दिएपछि छोरा सुध्रेला, कुलतबाट मुक्ति पाउला भनी नयाँ जीवन बाँच्ने आशा थियो तर त्यो आशामा पनि तुषारापात लाग्यो । यस्तै क्रममा एकपटक जेलको चिसो सिढिमा जाकिए । मलाई अत्यन्तै प्यार गर्ने हजुरआमा गुमाए । यही बीचमा सन्तान सुख प्राप्त भइरहेको थियो उनलाई । तर उनी बेप्रवाह । यस्ता सुखसँग उनलाई मतलबै थिएन् ।
सुनाए,बच्चा प्राप्तिको खबर मलाई बिहानै ३ बजे पाएको थिए तर, म आफ्नै धुनमा मस्त र व्यस्त थिए । आफ्नै तालमा मस्त मलाई त्यो शूभ समाचारले खासै छोएन् । र , बेलुका छ बजे मात्र हस्पिटल पुगेँ ।

क्लियर भिजनमा क्लास लिँदै


र बाटो मोडियो
जीवनको धेरै कालखण्ड उर्जाशील समय उनले बिताए नर्कको जिन्दगी । जसै अस्पताल पुगे । देखे मुस्कुराइरहेको सन्तान । र देखे प्रसव पीडामा पनि मुस्कुराइ रहेकी श्रीमती । उनले त्यहाँ देखे अनौठा गतिबिधि । कसैको प्राण गइरहेको,कसैले नयाँ जीवन पाइरहेको । केही दुव्र्यसनीका शिकार भएकाहरु पनि देखे भेटें ।
र,त्यही क्लिक भयो उनको दिमाग । मानौं एकै पटक कसैले उनलाई ४२० भोल्टको करेन्ट लगाइदिइरहेको छ । अस्पतालमा श्रीमतीका मुखबाट धेरै कुरा सुनाइन् । धेरै रोइन श्रीमती । यस अगाडि धेरै पटक रोएकी थिईन उनको श्रीमती उनका अगाडि त्यसले कहिल्यै उनलाई छोएको थिएन् । तर त्यो दिन श्रीमतीको आँखामा आँशु देख्दा मन अमिलो भयो ।उनको घैटोंमा घाम लाग्यो ।
र गरे मनमनै अठोठ बाटो बदल्ने । कुलतको नशाबाट जसरी पनि बाहिर आँउने र आम मानिसझैँ जीवन जिउँछु, सुध्रिन्छु र यस्ता नशामा डुबेकाहरुलाई सुर्धाने ।
अक्सर यस्ता पर्दाथ र कुलतमा डुबेकाहरु भरेदेखि छोड्छु भनेर कसम खान्छन् । तर उनीहरुको कस्सम पानीको फोका जस्तै हुन्छ । सतिशको अठोठ त्यति कमजोर थिएन् । त्यो भित्रि हृदयदेखि खाइएको कस्सम थियो ।
नभन्दै त्यसको छ महिनाको उनको जीवनको नक्सा फेरिएको थियो । त्यहाँबाट उनलाई पुराइएको रिह्याब सेन्टरमा । ६ महिनाको लागी रिह्याब सेन्टरमा बसे । त्यहाँ रहँदा धेरै सम्झिए बुवा आमालाई । सम्झिए श्रीमतीलाई ।

प्रण
र सबैभन्दा बढी सम्झिए आफ्नै जिन्दगीलाई । त्यहाँ रहँदा विगतले धेरै खोज्यो । जति कोट्टायो उती बिच्दथ्यो । उति झस्का हान्थ्यो । यस्ता कुराले उति उति बलियो हुँदै गयो आत्मबल । पटक पटक दुव्र्यसनबाट जसरी पनि बाहिर आउनुपर्दछ भन्ने झोक्काले मन मस्तिक हल्लाएर जान्थ्यो । भगवानले भन्छन रे तँ आँट म पु¥याउछु । नभन्दै मनैदेखि प्रयास गरेको खण्डमा संसारमा असम्भव भन्ने केही छैन् । म कूलतबाट बाहिर निस्कन सफल भए उनी । र अठोठ गरें अब गलत बाटोमा हिडेका सथाीहरुलाई सही ट्रयाकमा ल्याउछु । यही बीचमा रिह्याब सेन्टर स्थापना गर्ने बिषयमा साथीहरुसँग छलफल गरेँ । आखिर दुनिँयामा सबैभन्दा सजिलै पाइने चिज सल्लाह र एकदमै मुस्किलले भेट्ने चिज हो सहयोग । अर्ति उपदेश दिने त धेरै निस्किए । कतिले तैले गरि खाँदैनस भन्दै हावामा उडाए ।
तर संसारको सबैभन्दा शक्तिशालि चिज हुन्छ आत्मबल । उनलाई विश्वाश थियो आफूमा । केही गरेर देखाउनु थियो दुनिँयालाई । र प्रायश्चितको आँशु बगाएर समय खेर फाल्नु थिएन । वश जीवनमा जानी नजानी गलत बाटोमा हिडेका साथीहरुलाई ल्याउनु थियो सही ट्याकमा । मनमा अठोठ भए पछि र दत्तचित्त भएर लागेको खण्डमा असम्भव के होला र दुँनियामा । साथीहरुले कुरा काटिरहे ।

क्लियर भिजनमा क्लास लिँदै


फेरिएको दैनिकी
म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर भनेझैं जन्मियो क्लियर भिजन उपचार केन्द्र ललितपुरको भैसेपाटीमा । र फेरियो दैनिकी । फेरियो बुवा आमा र जीवन संगिनीको मुहारको रेखा । उदास र उजाड बुबा आमा श्रीमती र सन्तानको मुहारमा खुसीको रेखा नाच्न थालेको देखे । लामो समय नशाले बेहोसी जीवन बिताएको आज मेरो दैनिकी फेरिएको बिल्कुलै बदलिएको छ मेरो जीवनको नक्सा बदलिएको छ । ।सुनाए सतिशले ।
हिजोको दिनमा आफूजस्तै दुव्र्यसनमा डुबेका साथीहरुलाई नयाँ जीवन दिन उद्धत छन् उनी । कटिबद्ध भएर लागिपरेको छन् । थेराप्युटिक कम्युनिटी उपचार पद्धति,१२ पाइलाको सिद्धान्त अनुरुप माया र स्नेहबाट शारिरिक मानसिक,भावनात्मक र आध्यात्मिक रुपबाट उपचार गर्दै आएको छु । धन हुने मात्र होइन् निर्धनहरु पनि सुध्रिएका छन् ।
यस्ता केन्द्रहरु केही धनका लागि खोलिएका छन् । तर उनी विशुद्ध मनैदेखि यो कर्ममा होमिएका छन् । त्यही कारण यहाँ धनीका छोराछोरीले मात्र होइन् धन नभएकाहरुले पनि उपचार पाएका छन् । सुध्रिएका छन् । सतिशका अनुसार क्लियर भिजनले ५० भन्दा बढी यस्ता युवाहरुलाई निशुल्क उपचार गरेर पुर्नजन्म दिएको छ ।
अहिलेसम्म आठ सय युवाहरुलाई पुनः स्थापना गरिसकेको छन् क्लियर भिजन र सतिशले ।
अन्तिममा सुनाए यो नै मेरो लागि जीवनको सबैभन्दा ठूलो खुसीको कुरा हो कि मेरो सानो प्रयासबाट नै आज यो सम्भव भएको छ । बाहिरी जिल्लाका संक्रमित र दुव्र्यसनीमा लागेकालाई निःशुल्क आर्थिक सहयोग गरिरहेको छु । भन्छन नि परोपकारंम मिद् शरिरम् । एकलव्य र दधिजी ऋषिले झैं ठूलो त्याग त केही गरेको होइन् । एउटा सानो प्रयास गरेको हुँ जीवनमा । मोडिएको हुँ थोरै जीवनबाट । आज फेरिएको छ आफ्नै जीवनको नक्सा । हिजो हेला र घृणामा जीवन गुजार्ने म । आज त्यहाँका अग्रजदेखि अनुज साथीहरुबाट आज माया,सद्भाव र प्रेम पाउन थालेको छु । आगामी दिनमा सतिश यो कर्मलाई राजधानी र उपत्यकामा मात्र सीमित नराखी बाहिरी जिल्लासम्म फैलाउन चाहन्छन् । सतिशका लागि अझैं खुसी र गर्व गर्ने कुरा क्लियर भिजन संस्थाबाटै सुध्रिएर गएका ९ जना साथीहरुले पुनः स्थापना केद्र स्थापना गरी आफूजस्तै हिजो गलत ट्रयाकमा हिडेका साथीहरुलाई सुधार्ने प्रयास गर्दैछन् । आज साथी संगी र आफन्तहरु सतिशलाई उदाहरणीय पात्र मान्छन् र उदाहरण दिदै भन्छन् :”हिजोको ती सतिश र आजका यी सतिश ।”
प्रस्तुति : महेश्वर गजुरेल

Loading...

LEAVE A REPLY