आज लोकतन्त्र दिवस राजतन्त्रले घुँडा टेकेको दिन


लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ लाई लिइन्छ ।
विसं २०६२/ ६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते संसद् पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको सो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ । अर्थात् प्रत्यक्ष शासन सञ्चालन गर्दै आएको निरङ्कुश राजतन्त्रले घुँडा टेकेको दिन हो यो ।


गोरखापत्र लेख्छ-देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन ७५३ स्थानीय तह, सात प्रदेशसभा र सङ्घीय सरकार अहिले अग्रसर भएका छन् । लोकतन्त्रका उपलब्धि के के हुन् ? यस्तो बेलामा राजनीतिक दल, नेता र सरकारले ध्यान दिनुपर्ने विषय के छन् त भन्ने विषयमा राजनीति शास्त्रका प्राध्यापकहरूको भनाइ

मनोविज्ञान परिवर्तन गर्न सक्नुप¥यो
प्रा.डा. लोकराज बराल (राजनीतिशास्त्री)
लोकतन्त्र प्राप्त भएपछि धेरै उपलब्धि प्राप्त भएका छन् । संविधानसभाले संविधान बनाएको छ, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ । जनअपेक्षा अनुसार सरकार चल्न सकेका छैनन् । राजनीतिक दलका नेताले अपेक्षित नेतृत्व प्रदान गर्न सकेनन् भन्ने गुनासो छँदैछ ।
जनताले जुन आशा राजनीतिक दल र नेतृत्वबाट गरेका थिए त्यो हुन सकेको छैन । हाम्रा नेता स्वच्छ छन्, जनप्रेमी छन्, शासन व्यवस्था जनमुखी छ, भ्रष्टाचारी छैनन् भन्ने देखिनु पनि पर्ने हो, त्यो देखिएको छैन । सबै भ्रष्ट छन्, खत्तम छन् भन्ने नकारात्मक सोच जनतामा परेको छ । जति राम्रो काम गरे पनि जनतामा यस्तो नकारात्मक भाव आयो भने त्यसले भोलि लोकतन्त्रलाई धेरै नराम्रो असर गर्छ ।


नेताले जनमुखी, पारदर्शी छु र कमिशनखोरमुखी छैन भन्ने सन्देश दिनसक्नु प¥यो । एउटै राजनीतिज्ञले पनि त्यस्तो छवि देखाउन सकेका छैनन् । यो नेता चाहिँ त्याग गरेको छ, जनताका लागि राम्रो काम गरेको छ भन्ने वातावरण देखिनुप¥यो ।


भाषण गरेर म यस्तो, उस्तो भनेर मात्र हुँदैन । भाषणले मात्रै रासन मिल्ने होइन । रोजगारीका लागि विदेश जाने क्रम जारी छ, महँगी बढेको बढ्यै छ, ठूला बडा र मध्यम वर्गका लागि राम्रै भएको होला तर गरिबका लागि त खास केही भएको छैन ।


गरिबका छोराछोरीले कमाएर विदेशबाट पठाएकोे पैसाले यति राजस्व बढ्यो भनेर हुँदैन । कर्मचारीतन्त्र ध्वस्त भइसक्यो, आफ्ना कार्यकर्ता भर्ना गर्ने केन्द्र बनाइएको छ । मानिसको मनोविज्ञान परिवर्तन गर्न सक्नुप¥यो, यहाँ पनि केही भइरहेको छ । युवा पुस्तालाई हामीले तयार पार्नु प¥यो । विद्यालय र विश्वविद्यालयको शिक्षा गुणस्तरीय र सकारात्मक सोच विकास गर्ने शिक्षा हुनुप¥यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here