नेपाल कृषि प्रधान देश भएता पनि वार्षिक २९ अर्बको चामल आयात

सबैलाई थाहाँ छ, नेपाल कृषि प्रधान देश हो । तर पछिल्लो समयमा धान आयातको रिपोर्ट हेर्दा बिरक्त्त नै लाग्न सक्छ । नेपालको आयात रिपोर्टले नेपालको अर्थतन्त्र कति धरायसी बन्दै गईरहेको छ, भनेर बुझन सकिन्छ । नेपालमा वार्षिक २९ अर्ब रुपैयाँ बराबरको चामल आयात हुदै आएको छ । गत मंसिरमा वर्ष कै बढि ४ लाख ४८ हजार टन , ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो । जबकी नेपाललाई ५ लाख टन उत्पादन हुनुपर्छ । ४० वर्ष अघिसम्म नेपालले बंगलादेश, भारत जस्ता मुलुकमा चामल निर्यात गथ्र्यो । ३० वर्षमा जनंसख्या २८ प्रतिशत र ६ प्रतिशतले वृद्धि भएकोमा धान उत्पादन भने जम्मा ३ दशमलव शुन्य प्रतिशत मात्रै वृद्धि भएको अधिकारीहरु बताउँछन् ।

खेति योग्य २५ प्रतिशत जमिन बाँझो नै छ । सरकारले चालु वर्षभित्र खाद्यान्नमा शुन्य प्रतिशत व्यापार घाटा बनाउँने नीति अगाडि सारे पनि उत्पादन बढाउने योजना नल्याएको कारण पनि भएको खेतीबाट धान उत्पादन बढ्न नसकेको हो । तर अब सरकारले नयाँ बजेट मार्फत खाद्यान्न उत्पादन वृद्धि योजनामा समेत बजेट विनियोजन गर्ने तयारी गरिरहेको छ । सरकारले धान लगायतका कृषि जन्य आयात घटाउन कृषकका लागि अनुदान, साहुलियत ऋण , कृषि यान्त्रिकीकरण ,बीमा र बजारीकरण थप सहज गरे आयात घट्ने कृषकहरु बताउँछन् । यसअघि जल श्रोतको समेत धनी देश नेपालले गत बर्ष दुई करोडको खानेपानी आयात गरेको तथ्याकँ समेत छ ।

LEAVE A REPLY