८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको फाईनलमा त्रिभुवन आर्मी

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको खेलमा महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज बिहान बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश ३ लाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरेका थिए । जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० औं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की खत्रीले दोस्रो हाफको १५ र २२ औं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १५ की विमला चौधरीले पहिलो हाफको १० औंँ र जर्सी नम्बर २३ की इन्दिरा राईले दोस्रो हाफको ३५ औंँ मिनेटमा गोल गरेका थिए । अपराह्न साढे ३ बजेदेखि नेपाल पुलिस र एपिएफबीच फाइनल प्रवेशका लागि खेल भइरहेको छ ।

Loading...

LEAVE A REPLY