सलमानको ‘दबंग–३’ मा शाहरुख पनि खेल्दै

एजेन्सी । बलिउडका दबंग स्टार सलमान खान अहिले आफ्नो आउदै गरेको चलचित्र ‘भारत’ लाई लिएर निकै ब्यस्त छन् । सलमानको सो फिल्मको अफिसियल ट्रेलर समेत रिलिज भइसकेको छ । यो फिल्म जुनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यसका साथै अभिनेता खान ‘भारत’ पछि अर्को फिल्म ‘दबंंग–३’को सुटिङलाई लिएर पनि निकै ब्यस्त छन् ।

सलमानको यसै ‘दबंग–३’ फिल्मलाई लिएर नयाँ कुरा पनि बाहिरिएको छ । सलमानको यस ‘दबंग–३’मा अर्का खान अभिनेता शाहरुखको पनि इन्ट्री हुनसक्नेछ । पछिल्लो समय सलमान र शाहरुखको राम्रो दोस्ती जमिरहेको छ । उनीहरु दुवै पछिल्लो समय रियल लाइफ र रिल लाइफमा सँगसँगै देखिदै आएका छन् ।

एक वेबसाइटमा प्रकाशित समाचार अनुसार सलमानको ‘दबंग–३’मा शाहरुख खानले केमियो रोल प्ले गर्दैछन् । समाचारमा आए अनुसार फिल्ममा केही फ्लासब्याकका सिनहरु पनि देखाइनेछ, जहाँ सलमानको जर्नीलाई प्रस्तुत गरिनेछ । यसै सिनमा सलमानलाई एक ब्यक्तिले सहयोग गर्नेछ, जुन भूमिका शाहरुख खानले प्ले गर्नेछन् ।

यो भन्दा पहिले सलमानको फिल्म ट्युवलाइटमा शाहरुखले एक म्याजिसियनको केमियो गरेका थिए, भने शाहरुखको फिल्म ‘जिरो’मा सलमान एक गीतमा देखिएका थिए । उनीहरुले गीतमा जमेर डान्स गरेका थिए । यसरी सलमान र शाहरुखले आ–आफ्नो फिल्ममा एक अर्कालाई केमियो भूमिकामा ल्याउदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here