Breaking :- पार्टी एकता सभा चलिरहँदा किन बाहिरिए माधव नेपाल ?

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपाको पार्टी एकता सभा चलिरहेको थियो । त्यहाँ उपस्थित नेता कार्यकर्ता सबै प्रफुल्ल थिए । लामो समयदेखि जिम्मेवारविहिन रहेका नेता तथा कार्यकर्ताहरुले जिम्मेवारी पाउदै थिए । तर त्यो सभाको माहोल एकाएक विथोलियो । जब बरिष्ठ नेता माधव नेपाल एकता सभा नै छाडेर मञ्चबाट बाहिरिए । कार्यक्रम चल्दै गर्दा उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाका महासचिव बिष्णु पौडेलले ७७ जिल्लाका अध्यक्ष र सचिवको सूची सार्वजानिक गरेसँगै बरिष्ठ नेता नेपाल मञ्च छाडेर हिडेका हुन् ।
सूची बाहिरिएसँगै बरिष्ठ नेता नेपाल बाहिरिनुलाई अर्थपूर्ण मानिएको छ । अहिले त्यहाँ मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली,अध्यक्ष प्रचण्ड,झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल लगायत नेताहरु छन् ।
हिजो दिनभर वालुवाटारस्थित सरकारी निवासमा वरिष्ठ नेता नेपाल र महासचिव पौडेल जिल्ला अध्यक्षहरुको नाम टुंगो लगाइएको थियो ।माधव नेपाल बाहिरिएपछि कार्यकर्ता अचम्मित भएका थिए भने केहीबेरमा हलमा खासखुस भएको थियो। स्रोतका अनुसार सहमतिबमोजिम जिल्ला कमिटी र सचिव नामावली सार्वजनिक नभएपछि नेपाल असन्तुष्ट छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here