Breaking : यस्तो छ ७७ जिल्लाका नेकपाका अध्यक्ष र सचिवको नाम (सूचीसहित)

लेनिन जयन्तीको अवसर पारेर नेकपाको जिल्ला एकता टुंगिएको छ । फलामे ढोका मानिएको जिल्ला कमिटिको नेतृत्वको चयन ११ महिनाको रस्साकस्सी पछाडि आज टुंगिएको हो । आज राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ७७ जिल्लाका अध्यक्ष र सचिव छनोट भएको हो । पूर्ववत घोषणा अनुसार ४७ जिल्लामा पूर्वएमाले र ३० जिल्लाको नेतृत्व भने पूर्वमाओवादीले लिएका छन् । पूर्वमाओवादीतर्फका ३३ जिल्लाका अध्यक्षको नाम सार्वजनिक भएको छ। उक्त सूचीमा पुरूष र ब्राह्मण क्षत्री नै हाबी देखिएको छ । पूर्व माओवादीले पाएको ३३ अध्यक्ष समावेशी नभएको देखिएको छ । जहाँ ३ जना मात्र महिला अटाएका छन् । सुनसरीकी रामकुमारी चौधरी, लमजुङकी मधुमाया अधिकारी र काभ्रेकी रूकु चौलागाईले नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्।यस्तै पूर्व एमालेको कोटाबाट मकवानपुरबाट मनु सिग्देल मात्र महिला अटाएका छन् । ७७ जिल्लामध्ये ४ जिल्लाको नेतृत्व महिलाले पाएका छन् ।

पूर्व माओवादीले पाएको कुल ३३ अध्यक्षमध्ये २० जना ब्राह्मण क्षत्री समुदायका छन्। मधेसी चारजना छन् भने किराँत, तामाङ, नेवार, दलित समुदायका एक, एकजना छन्। मगर तीन जना र थारू दुई जना छन्।

यता,सार्वजानिक भएको उक्त सूची अनुसार रसुवा जिल्लाबाट नेकपाको अध्यक्षमा कर्न्याल तामाङ र सचिवमा इन्द्र गोतामे चयन भएका छन् । यस अगाडि सचिवमा माधव लामिछाने चयन भएका थिए । उनलाई हटाएर इन्द्र गोतामेलाई सचिव बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here