सरकारी निवासमा माधव नेपाल र विष्णु पौडेलको गोप्य बैठक,टुंगिएला त नेकपाको एकता ?

लामो समयदेखि अड्किएको नेकपाको एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन अहिले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु वालुवाटारमा बैठक बसिरहेका छन् । गत जेठ ३ मा दुवै पार्टी एकीकरण भएको घोषणा भए पनि तल्ला कमिटी र जनवर्गीय संगठनको एकता झन्डै एक वर्ष बितिसक्दा पनि टुंगो लाग्न सकेको थिएन् । आजको बैठकले जिल्ला कमिटी एकता टुंग्याउने जनाइएको छ । यो प्रक्रिया लम्बनुको कारण बारे अर्थाउदै नेकपाको एक नेताले भने माधव कुमार नेपालको भूमिकालाई सीमित गर्न खोजिएको थियो, तर पार लाग्ने कुनै छाँटकाँट नभएपछि नेपालको समेत सहभागितामा गृहकार्य गरिएको हो ।
केही साता अगाडि नै एकता प्रक्रियामा असन्तुष्टी पोख्दै नेपाल पक्षले जिल्ला अध्यक्षहरुको सूची नै सार्वजानिक गरिसकेको अबस्था थियो । अध्यक्षद्वयले पार्टीको एकता प्रक्रियामा सहभागी गराउने कुनै संकेत नदेखाएपछि नेता नेपाल विद्रोह गर्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ । तर अन्तिम समयमा पार्टी महासचिव पौडेलसँगै नेता नेपाललाई राखेर जिल्ला कमिटीको नेतृत्व टुंग्याउने विषयमा सहमति खोज्न अध्यक्षद्वय प्रचण्ड र केपी ओली तयार भएका थिए ।

अन्तिम रुप दिन अहिले पार्टीका महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल खटिएका वालुवाटार स्रोतको भनाई छ ।नेकपाका एक उच्च नेताका अनुसार केही जिल्ला र जनवर्गीय संगठनको एकता बाँकी टुंग्याउन बाँकी नै छ ।

यद्यपि आज दिनभरि गृहकार्य गरेर सोमवार पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा जिल्लाको नेतृत्व र पोलिटब्यूरो सदस्यको घोषणा हुने प्रचण्डले उद्घोष गरेका छन् । आजै साँझ ५ बजे दुई अध्यक्षको भेटघाट र साँझ ६ बजे सचिवालयको बैठक बसेर एकता प्रक्रियालाई अन्तिम रूप दिने प्रचण्डको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here