नेकपाका नेता कार्यकर्ताका लागि खुसीका कुरा : प्रचण्डले गरे यस्तो खुलासा

नेकपाका नेता तथा कार्यकर्ताहरुलार्य खुसीको खबर छ । विगत बर्षदिन देखि टाउको मिलेको,तर पुच्छर नमिल्दा तनावमा रहेका नेकपाको तल्ला तहसम्मको एकताको सम्पूर्ण काम सम्पन्न भएको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन् ।
आज राष्ट्रिय सभा गृहमा आयोजित ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले वैशाख ९ अर्थात भोली नै पार्टीको सम्पूर्ण एकता भएको घोषणा गर्ने तयारी बालुवाटारमा भइरहेको खुलासा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको भोली नै टुंगिने उद्घोष गरेका छन् । एकताको प्रक्रिया लम्बेतान बनिरहेको र शंका पैदा भइरहेको अबस्थामा अध्यक्ष प्रचण्डले एकता प्रक्रियालाई आशंका नगर्न आग्रह समेत गरे ।
प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोली नै घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।
हामी दुई अध्यक्षले सल्लाह गरेका छौं, पार्टी एकताका लागि आज दिनभरी बालुवाटारभित्रै दुईजना कमरेडलाई खटाएका छौं, अध्यक्ष प्रचण्डले भने, हामीले पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गर्दैछौं । व्यक्तिको मुख हेरेर अब साध्य छैन । बेलुका ५ बजे पुनः दुई अध्यक्षको बैठक हुन्छ त्यसपछि ६ बजे पार्टी सचिवालयको बैठक बस्ने कार्यक्रम छ ।

कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि प्रचण्डले दिए ।

पार्टी सचिवालयले आज बेलुका गर्ने निर्णयको औपचारिक घोषणा सोमबार हुने प्रचण्डले बताए । ३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भने, अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु ।’ अध्यक्ष प्रचण्डले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार बनाएको प्रष्ट पारे।

उनले तीन महिनामा टुंग्याउने भनेको एकता प्रक्रियालाई लामो समय लागेपछि नेता कार्यकर्ता र आम जनतामा चिन्ता सुरु भएको भन्दै अब त्यसको अन्त्य भएको बताए। जिल्ला तहसम्म र जनवर्गीय संगठनको एकतामा दुई अध्यक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई औपचारिक रुपमा टुंग्याउने जिम्मा कार्यदललाई दिएको बताए।

आजै साँझ पाँच बजे बस्ने सचिवालयको बैठकले सम्पूर्ण कुरा टुंग्याउने उनको दावी थियो। नेकपाले सोमबार पार्टी स्थापना दिवसको अवसरका कार्यक्रमको आयोजना गर्दै छ। सोही कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here