नेपाल बिधार्थी संघ काभ्रेद्धारा बृक्षारोपण कार्यक्रम


नेपाल बिध्यार्थी संघको ४९ औ स्थापना दिवशको अवशरमा नेपाल बिधार्थी संघ काभ्रेद्धारा बृक्षारोपण कार्यक्रम गरेको छ।

प्रमुख अतिथी क्षेत्र नम्बर ४ को सभापती तथा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल बिशिष्ट अतिथी निबर्तमान नेपाल बिधार्थी संघका केन्द्रीय सदस्य सुमन पाण्डे र कार्यक्रमका सभापति नेपाल बिधार्थी संघ काभ्रे जिल्ला अध्यक्ष प्रेम बहादुर तामाङ उपसभापति रमेश थोकर सह सचिब प्रेम थोकर लगायत सम्पूर्ण नेपाल बिधार्थी संघ काभ्रेका पदाधिकारीको उपस्थितिमा बृक्षारोपण कार्यक्रम गरेको छ ।

हरेक बर्ष बृद्धि हुने जनसंख्याको चाप धान्न त्यहाँ निरन्तर रुपमा वन विनाश भैरहेको छ, जसले वातावरण विनाश गरिरहेको छ । वातावरण प्रदुषणले गर्दा यतिखेर विश्वकै तापक्रममा बृद्धि भैरहेको छ । वायुमण्डलमा धुँवा, धुलो, कार्बन बढि र अक्सिजनको मात्रा घट्दै गईरहेको छ । वातावरणीय प्रदुषणकै कारण विश्वभर जलवायुमा परिवर्तन आउन थालेको छ । हिमालमा हिउँ पातलिनु, तराईमा कहिले शितलहर र कहिले प्रचण्ड गर्मी हुनु, नयाँ–नयाँ रोगव्याधी देखिनुजस्ता परिवर्तनको कारण वातावरण विनाश नै हो ।

नेपालमा सामुदायिक वनहरु विनाश भैसकेका छन् । नाङ्गा डाँडा र फाँटहरुमा बृक्षारोपण गरी हरियाली बनाउने उदेश्यले बृक्षारोपण गरेको प्रेम बहादुर तामाङले बताए । सामुदायिक वनको विकासले गाउँमा सुकिसकेको पानीको मूल फर्केको छ, लोप भैसकेको चराचुरुङ्गी र जंगली जनावरहरु फर्केका छन् । गाउँलेहरुले घाँस, दाउरा र आवश्यक काठपातको लागि टाढा जानु नपर्ने भयो उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here