आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन राष्ट्रपतिद्धारा साँझ ६ बजे हुदैं

‘आठौं राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मुल नाराका साथ आज देखि बाकेंमा आठौं राष्ट्रिय खेलकुद सुरु भएको छ । प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रंगशालामा साँझ ६ बजे भव्य समारोहका बीच गर्न लाग्नु भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिनुभयो ।

प्रतियोगिताका अधिकांश खेलहरु भने चैत २७ गतेबाट सुरु भइसकेका छन् । बैशाख ५ देखि ११ गतेसम्म औपचारिक रुपमा सञ्चालन हुने प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । खेलकुद प्रतियोगिता प्रदेश नम्बर ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही तथा काठमाडौं, ललिलपुर र कास्कीमा सञ्चालन भइरहेका छन् ।

प्रतियोगितामा सात प्रदेश सहित तीन विभागीय टिम र पहिलो पटक एनआरएनको टिमलाई समावेश गरिएको छ ।

आठौंलाई लक्षित गर्दै सरकारले पाँच नम्बर प्रदेशमा झण्डै एक अर्बको खेलकुद पुर्वाधार निर्माणमा खर्च गरेको छ ।

Loading...

LEAVE A REPLY