मुक्तिनाथ विकास वैंकको नयाँ बर्ष सँगै नयाँ आकर्षक योजनाहरु


मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ ।

बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको हो ।

भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्सटान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्ड को निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउने छन् ।


आफ्नो स्थापनाकालदेखि नै “ १ व्यक्ति– १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “ खोलौ बैंक खाता अभियानलाई २०७६ ” अभियानलाई सफलपार्नको लागिदनयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ । २०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई खाताखोल्ना साथ बैंकले रु १०० (अक्षरुपी रु एक सयमात्र) नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको NTC वा NCELL कोमोवाइल नम्बरमा रु १०० (अक्षरुपी रु एक सयमात्र )बराबरको रिचार्ज ( टपअप )गरिदिने छ ।


यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखाकारोबार,निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० ATM बाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध छन् ।
हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाखग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्र्दै आएको छ ।

LEAVE A REPLY