रसुवाको वनभरि ढकमक्क गुराँसै फुल्यो (फोटो सहित )

महेश्वर गजुरेल


यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ । गुराँस फुल्ने मौसम भएकाले फूलसँग रमाउन नेपालका विभिन्न जिल्लामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ ।

मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस्थित ‘गुराँसको राजधानी’ तीनजुरे,मिल्के, धुन्चे,जलजले (टीएमजे) क्षेत्र यतिबेला राताम्मे छ । राष्ट्रिय फूल लालीगुराँससहितका विभिन्न प्रजातिका गुराँस फुलेर ढकमक्क भएको टीएमजे क्षेत्र झरिझट्ट सजिएर अन्मिन लागेकी बेहुलीझैँ देखिएको छ ।

खासगरेर चैतको मध्यदेखि वैशाखको मध्यसम्म सौन्दर्य पारखीले टीएमजेको भ्रमण गर्नु उपयुक्त हुन्छ । योबीचको समयमा गुराँस सबैभन्दा बढी फुल्छ । वसन्त ऋतुको आगमनसँगै वनैभरि ढकमक्क फुल्ने गुराँसले सबैको मन लोभ्याउँछ । करिब २२ सयदेखि साढे चार हजार मिटरसम्मको उचाइमा फैलिएको टीएमजे क्षेत्र हिमपात हुँदा पनि हिउँ खेल्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेकै छ ।

नयाँ वर्ष अर्थात् वैशाख १ गतेको आसपास टीएमजेमा मानिसको अत्यधिक घुइँचो हुन्छ । गुराँसको सौन्दर्यपान गर्न तराईका विभिन्न जिल्लाका साथै काठमाडौँबाट समेत मानिस आउँछन् । वन, वनस्पति र गुराँसको अध्ययनका लागि विदेशी वनस्पतिविज्ञ, विद्यार्थी तथा विज्ञ पनि टीएमजे आइपुग्ने गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनाल बताउनुहुन्छ ।


राष्ट्रिय लालीगुराँस संरक्षण तथा व्यवस्थापन समितिका अनुसार टीएमजे धेरै प्रजातिको गुराँस पाइने तथा नेपालकै सबैभन्दा ठूलो गुराँस वन भएको क्षेत्र हो । टीएमजेलाई चीनको चोमोलुङ्मा संरक्षण क्षेत्रसम्म विस्तार गर्ने हो भने यो विश्वकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र हुने समितिको भनाइ छ ।

यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र(बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लाली गुराँसका दुवै प्रजातिहरू औषधि मानिन्छन्। लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ । नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६।१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here