फिलिपको प्रेमिका भनिएकी रजनीले किन गरिन अकस्मात फेसबुक निश्क्रिय ?

मान्छे वितेर गइसक्यो तर अहिले लफडा छ बितेर गएको मान्छेका नाममा जीवितहरुको । प्रंसग हो बेलायती नागरिक फिलिप ।
जतिखेर उनी विरामी परेर टेकु अस्पताल हुँदै वीर अस्पतालमा भर्ना भए । त्यहाँ उनको उपचार र रेखदेखका लागि पुगिन क्रिष्टिना श्रेष्ठ । फिलिपको वीर अस्पतालमा उपचार गर्न असम्भव भएपछि उनी केएमसी हुँदै नर्भिक अस्पतालमा रिफर भए । गत २६ मार्चमा नर्भिक पुगेका फिलिप हेपाटाइटिष्ट सी लगायतका धेरै रोगबाट ग्रसित थिए ।
यतिञ्जेलसम्म चर्चा रह्यो एउटै कुराले फिलिप बेबारिसे वेलायती नागरिक हुन् । र क्रिष्टिना निश्वार्थ भावले समाज सेवामा होमिएकी नेपाली चेली ।
तर घटना यसरी रातारात मोडियो कि जब फिलिपले देह त्याग गरे त्यही समयमा जोडिन आइपुगिन रजनी गोयल । आखिर को हुन त रजनी गोयल ? जो फिलिप अलपत्र परेको दुई हप्ताभन्दा बढी समयसम्म गुमनाम रहिन । किन गुमनाम रहिन यतिका समय ? र फिलिप बितेपछि हतार हतार उनी फिलिपको शव जलाउन कि लागि मात्र किन बाहिर आइन् रु प्रश्नहरु एक पछाडि अर्को उब्जिए । रजनीका अनुसार दुई बर्षदेखि उनी फिलिपलाई चिन्थिन् र उनी एकदमै नजिकको साथी हुन् । यो उनी आफैंले भनेको कुरा हो । यदि त्यति नजिकको साथी हुन भने एउटा साथी सिकिस्त अबस्थामा अस्पतालमा छाड्ने उनी कस्तो साथी ? अर्काे प्रश्न के पनि उठ्न थालेको छ भने फिलिपको पासपोर्ट एम्बेसीले किन र के आधारमा रजनीलाई दियो ?


रजनीले फिलिप बिरामी परेपछि आफैले नै टेकु र वीर अस्पताल पुराएको जिकिर गरेपछि वीर अस्पपतालका डाक्टरहरु यो स्वीकारदैनन् । त्यहाँ क्रिष्टिना बाहेक अरु कोही महिला नआएको वीर अस्पताल स्रोतले जनाएको छ ।
अहिले प्रंसगहरु उप्कदैछन् रजनीले फिलिपको नाममा विदेशबाट आएको रकम हिनामिना गरेको । तर रजनीले आफूले एक रुपैया नखाएको प्रतिक्रिया दिँदैछिन । रजनीका अनुसार,ट्राभल एजेन्सीमा काम गर्ने बहिनीको सम्पर्कबाट फिलिपसंग भेटघाट भएको थियो । र उनी दुई बर्षदेखि फिलिपसँगै थिईन् ।
स्रोतका अनुसार, फिलिपको नाममा विदेशबाट आउने पैसा सिधै रजनीको बैंक खातामा जम्मा हुन्थ्यो । त्यो खातामा कति रकम थियो रु रजनीले बताए अनुसार खातामा ४० हजार मात्र रहेको प्रतिक्रिया दिएकी छिन् । यो बिषय रहष्यमै रहँदा एकातिर हामीले यो समाचार लेखिरहँदा केही घण्टा अगाडि उनको फेसबुकसमेत निस्क्रिय बनाइएको छ ।
जतिखेर फिलिपले प्राण त्यागे । त्यो समय रजनी फिलिपको अन्तेष्ठी गर्न हतारिए । वेवारिसे लाशको सदगद् गर्दै आएका विनयजंग बस्नेत यो समय वारा पुगेका थिए हुरी पीडितहरुको सेवामा । उनी फिलिपले प्राण त्यागेको खरब सुने लगतै राजधानी फर्किए र उनैले फिलिपको हिन्दू संस्कृति अनुसार अन्तेष्ठी गरिदिए । सबैको आगडि पशुपतिमा आत्महत्याको प्रयास समेत गरेकी थिईन् । रजनीको छाप मारवाडी समुदायभित्र पनि राम्रो छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here